धनकुटा, साउन २७ गते । रातो तारा डट कम,
आंशिक प्राध्यापकहरुले धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी गरेका छन । त्रिभुवन विश्वबिद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुमा प्रध्यापनरत आंशिक शिक्षकहरुलाई करार सेवामा प्रवेश गराईनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले क्याम्पसमा ताला लगाएको हो ।
नेपाल आंशिक प्राध्यापक संघको देशब्यापी आन्दोलनको कार्यक्रम अनरुप धनकुटा बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको आंशिक प्रध्यापक संघ धनकुटा बहुमुखी क्याम्पस इकाई संयोजक माधव भण्डारीले संगालोखबरलाई जानकारी दिए ।
केन्द्रिय कार्यक्रम अनरुप देशभरका ६० वटै आंगिक क्याम्पसमा तालबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघले जनाएको छ । संघले साउन २६ देखि तीन दिनसम्म आंगिक क्याम्पसहरुका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी र शैक्षिक हड्तालको घोषणा गर्दै माग पुरा गराउँन दवाव दिएको छ ।
Post a Comment