मोरङ,साउन २७ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एकसय दिनभित्रै नगरका खाल्डाखुल्डी पुर्ने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ ।
विराटनगर महानगरपालिकामा आज पत्रकार सम्मेलन गरी यस नगरका १५ हजार विद्युतीय खम्बाहरुमा चिम जडान गर्ने कार्य र अवरुद्ध भएका नालाहरु खोलेर पानी निकासको कार्यलाई तीव्रता दिने जानकारी गराउनुभयो ।
चालु आर्थिक बर्षको नगरसभा बैठक भदौं १८ गते बस्ने जानकारी गराउँदै उहाँले करको बृद्धि नहुने,तर करको दायरा बढाउन सकिने स्पष्ट पार्नुभयो ।
प्रमुख भीम पराजुलीले कृष्णजन्माष्टमीको विहानपल्ट विराटनगरमा हुने एतिहासिक रथयात्राको अवसरलाई ध्यानमा राखेर साउन ३१ गते स्थानीय विदा दिने जानकारी गराउनु
भयो ।
यसका साथै, नगर प्रमुख भीम पराजुलीको अध्यक्षतामा नगरको कुल आय प्रक्षेपन र सोको सन्तुलित विवरणको खाका तयार गर्न बजेट सीमा निर्धारण समिति गठन गरिएको छ र उपप्रमुख इन्दिरा कार्कीको अध्यक्षतामा राजस्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ ।
यसैबीच, नगरपालिकाको तेस्रो बैठकले सातवटा विभिन्न प्रकारका समितिहरु गठन गरेको छ ।
सो अनुसार,सार्वजनिकसेवा तथा क्षमता विकास विकास समितिको संयोजकमा विनोदकुमार बस्नेत,सामाजिक विकास समितिको संयोजकमा बलदेव यादव, पूर्वाधार विकास समितिको संयोजकमा देवेन्द्रराज पोखरेल रहनु भएको छ ।
त्यस्तै,विधेयक समितिको संयोजकमा मीनकुमार आचार्य,आर्थिक विकास समितिको संयोजकमा मनोज सुब्बा,वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा विजय कामत र बजार अनुगमण समितिको संयोजकमा निश्चल आचार्यलाई चयन गरेको छ ।
कार्यपालिकामा निर्णयका लागि पेश हुने विषनयहरुमा आवश्यकतानुसार राय,सुझाव सो समितिहरुले दिने छ ।
सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत
दीपक कोइरालाले नगरको सरसफाई,फोहोर व्यवस्थापन,खाल्डाखुल्डी पुर्ने,चिम जडानलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

Post a Comment