Websoft University

तेह्रथुमको संक्रान्तिबजारमा पहिरो, २ घरमा क्षति


अमृत बास्तोला-साउन,२७ गते । रातो तारा डट कम,
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो ।

वर्षा कै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकालले जानकारी दिनु भएको छ । विद्यालयको पूर्वि भागमा रहेको निर्माणधिन मध्यपहाडी लोकमार्गमा समेत क्षति पुगेको छ ।

क्षतिको एकिन विवरण भने आएको छैन् । घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षा कर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ । पहिरोबाट  संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् ।

पहिरोको जोखिमा रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजार दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.