विराटनगर साउन २७ गते । रातो तारा डट कम,
कृष्णप्रसाद सिग्देलको आठौं स्मृतिसभामा हिजो अन्नपूर्णापोष्टका पत्रकार कुमार लुइटेल सम्मनित
हुनुभएको छ ।
नेकपा(एमाले)का केन्द्रिय सचिव भीम आचार्यले अन्नपूर्णापोष्टमा समाचारदाता कुमार लुइटेललाई रु ११ हजार १११ राशिको पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभयो ।
सोही अवसरमा उहाँले सुनसरीको मधुवनस्थित जनता उच्च माविका प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याएकी छात्रा सुस्मिता गामीलाई पनि ११ हजार १११ राशिको पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा सिग्देल बन्धु प्रतिष्ठानद्वारा ओक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षाप्राप्त गरी विराटनगरमा उद्योग सञ्चालनमा सक्रिय रहनु भएकी एकता गोल्छालाई र युवा उद्योगपति सुभाष आचार्यलाई सम्मानित गरिएको हो ।
सोही क्रममा सोही प्रतिष्ठानले स्वस्तिक ढुवानीसेवाका मजदुरहरुलाई २१ हजार नगदका साथै पोशाक प्रदान,मजदुरहरुको कल्याण कोषमा रु ५१ हजार र ढुवानी सेवाका चालकको कल्याणकारी कोषमा रु २१ हजार प्रदान गरेको छ ।
सोही अवसरमा नेकपा(एमाले)का मोरङ अध्यक्ष विनोद ढकालले अपाङ् युवक सुमन घिमिरेलाई आफ्नो तर्फबाट औंषधिका लागि रु ४२ हजार प्रदान गर्नुभएको छ । घिमिरेलाई प्रत्येक महिना रु तीन हजार ५०० मूल्य बरावरको ओंषधि खानु परेकाले एक बर्षको औंषधिको मूल्य बरावरको रकम उहाँले प्रदान गर्नुभएको हो । सो प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment