विराटनगर, भदौ २ गते । रातो तारा डट कम,
मोरङमा बाढीले बगाएर ल्याएका पशु पक्षी कुहिएर दुर्गन्ध फैलाँदा महामारीको रुपम लिन थालेको छ । दुर्गन्धले विभिन्न रोगको शंक्रमण फैलिएर महामारीको रुप लिने अवस्था आएको हो । बाढीले गाई गोरु, सुँगुर, बाख्रा, खसी, कुखुरा लगायतका पशु पक्षी बगाएर ल्याएको छ ।
मरेका पशु पक्षी हटाउनेतर्फ कसैको ध्यान जान नसक्दा कुहिएर दुर्गन्ध फैलँदा बाढीबाट विस्थापित भएकाहरु र स्थानीय बासिन्दा बिरामी पर्न विराटनगर ४ पुलचौकका श्यामनारायण यादवले बताउनु भयो । यादवले तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएकाहरु अहिले कुहिएका चौपायको दुर्गन्धको पीडामा रहेको बताउनु भयो ।
उहाँका अनुसार दुर्गन्धका कारण धेरै जना बिरामी परिसकेका छन् । बाढीले बगाएर ल्याएका पुश पक्षी कुहिएर फैलिएको दुर्गन्धले महामारीको रुप लिन थालेको चिकित्कसहरुले बताएका छन् । शुद्ध पिउने पानी र खानेकुराको अभाव भइरहेका बेला दुर्गन्धले बाढी पीडितहरुमा महामारी फैलन थालेको र धेरै जना बिरामी भएर आउन थालेका छन् ।
बिरामी भएर दैनिक ५० बढी बाढी पीडित बालबालिका उपचारका लागि आउने गरेको बताउँदै उहाँले भन्नु भयो, ‘यो महामारीको सुरुवाती चरण हो । यसले ठूलो रुप लियो भने धेरैले अकालमा ज्यान गुमाउनु पर्ने हुन सक्छ ।’ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले कुहिएका पशु पक्षीको व्यवस्थापनका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताउनु भयो ।
‘मोरङ भरी बाढीले बगाएर ल्याएका पाँच हजार पाँच सय बढी पशु पक्षीहरु गाडीसकिएको छ,’ उहाँले भन्नु भयो, ‘अरु ठाउँमा रहेका पनि खोजेर गाड्ने काम भइरहेको छ ।’ संक्रमण र महामारीलाई रोक्न जिल्ला जनस्वास्थ्य कार्यालयले पनि उच्च सतर्कता अपनाइएको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले बाढी प्रभावित क्षेत्रमा दुर्गन्धका कारण फैलन थालेको महामारी रोक्नका लागि औषधि सहितको चिकित्सक टोली परिचालन गरिसकिएको बताउनु भयो ।
Post a Comment