Websoft University

रंगेली अस्पतालकाे स्वास्थ निर्देशक सहितको टोलि द्वारा आज निरिक्षण


रबिन्द्र बराल- रंगेली,माेरङ श्रावण २६ गते । रातो तारा डट कम,माेरङकाे रंगेलीमा रहेको जिल्ला अस्पतालमा बिहीबार स्वास्थय निर्देशकको टोलि द्वारा निरिक्षण गरिएकोछ ।

रंगेली अस्पतालमा रहेको भाैतिक संरचना र अाेपिडि एक्सरे, ल्याव,अाैषधी बितरण फाँट लगायतका  डिपार्टमेन्टहरुकाे निरिक्षण गरिएको छ ।
क्षेत्रीय स्वास्थय निर्देशनालय संरचना धनकुटाका क्षेत्रीय निर्देशक डाक्टर बिष्णु बहादुर वस्नेत ,स्वास्थय विभाग व्यवस्थापका महासाखाका निर्देशक डाक्टर बिकास देवकोटा वरिष्ठ जनस्वास्थ्य प्रशाशक व्यवस्थापन महासाखाका सागर घिमिरे,स्वास्थ्य मन्त्रालयका साखा अधिकृत बिरभद्र जाेशी,रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया,अस्पतालका मेसु समीर पाैडेल,बडा अध्यक्ष रामचन्द्र मन्डल लगायतका व्याक्तिहरूले अस्पतालकाे निरिक्षण गरेका थिए ।

निरिक्षण पश्चात् उनिहरुले भने अस्पतालकाे ब्यवस्थापन राम्रो रहेको र यस अस्पतालमा ५० सैया बेडकाे लागि  अावस्यक पहल गर्ने बताउनु भयो । रंगेलीका मेयरले भने रंगेली अस्पतालमा अाफुले नगरपालिकाबाट के कस्तो सहयोग गर्नु पर्छ अाफुले पछि नपरि सहयोग गर्ने समेत बताए ।

रंगेली अस्पतालमा  ल्याव,भिडियो एक्सरे,एक्सरे , फिजियाे थेरापी,ईसिजी, सन्चालन भए पछि अहिले माेरङकाे रंगेली दर्वेशा,टकुवा,कर्सिया,डाईनियाँ तथा दक्षिणी भेग र भारतकाे कुवाडी,सुर्साकट्टा, लगायतका सिमावर्ती क्षेत्रमा दैनिकी १ सय देखि  १ सय ५० जना सम्म  बिरामीहरु उपचारका लागि रंगेली अस्पतालमा अाउने गरेकाे डाक्टर समीर पाैडेलले
रातो तारा डट कमलाइ बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.