Websoft University

विमानस्थल मंगलबारसम्म बन्द रहने

बिराटनगर साउन ३० गते । रातो तारा डट कम, विराटनगर विमानस्थलमा बाढी पसेर शनिबारदेखि जलमग्न भएकै कारण मंगलबारसम्म पूर्ण रुपमा बिमानस्थल बन्द हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार उक्त घोषणा गरेको हो । धावनमार्गमा तीन फिट पानी जमेको तथा उडान सञ्चालनका लागि आवश्यक सबै उपकरणले काम नगरिरहेका कारण विमानस्थल सञ्चालनमा ल्याउन समय लाग्ने मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

उनका अनुसार सञ्चार र नेभिगेसनमा प्रयोग हुने उपकरणहरु हाई फ्रिक्वेन्सी (एचएफ), भेरी हाई फ्रिक्वेन्सी (भीएचएफ), भीओआर र डीएमई सबै वर्षातका कारण बिग्रेका छन् ।

टर्मिनल भवन र चेक इन काउन्टरमा समेत पानी जमेको छ । कर्मचारीको आवासभित्रै पानी पसेको छ भने सेना र प्रहरीका ब्यारेक भत्किएका छन् ।

हवाई इन्धन बोकेको ट्यांकर डुबेका कारण तेल धावनमार्गको पानीमा मिसिएको छ । उक्त तेल धावनमार्गबाट पूर्ण रुपमा नहटाइएसम्म जहाजहरु उडान र अवतरण गराउन सक्ने अवस्था नहुने सहसचिव आचार्यले जानकारी दिए । धावनमार्ग तत्काल सफा गर्न सफलता प्राप्त भयो भने पनि इन्धन ट्यांकरको पूर्ण सफाइ नभएसम्म विराटनगर पुग्ने जहाजहरुलाई तेल उपलब्ध गराउन सकिँदैन ।

उक्त विमानस्थलमा मंगलबार पनि व्यावसायिक उडान सुरु हुने लक्षण भने छैन । सहसचिव आचार्यका अनुसार उद्दार र राहतका लागि हेलिकोप्टरको उडानरअवतरणका लागि सहज बनाउने प्रयास भने भइरहेको छ ।

वषरत्का कारण विमानस्थलमा भएको क्षती मूल्यांकन गरी पुनः सुचारु गराउन नेपाल नागरिक उड्डयन प्राधीकरणका उपमहानिर्देशक राजकुमार क्षत्री नेतृत्वको ६ सदस्यीय टोली सोमबार विराटनगर जाँदैछ ।

यसैबीच, खराब मौसमका कारण शनिबारदेखि अवरुद्ध झापा सदरमुकाम भद्रपुरस्थित विमानस्थलमा आइतबार बुद्ध एयरले तीन वटा उडान गरेको छ । उक्त विमानस्थलमा पनि विराटनगरबाटै हवाई इन्धन पठाइने गरेका कारण सबै जहाजको नियमित उडान तत्काल सुचारु हुने सम्भावना कम रहेको प्राधीकरणका एक अधिकारीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.