Websoft University

टेलिकमले आफ्नो सेवा विस्तार गर्न पूँजीगत लगानी गर्ने

काठमाडौं, साउन ३० गते । रातो तारा डट कम
 नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गर्न चालू आर्थिक
वर्ष २०७४र७५ मा २२ अर्व रुपैयाँ पूँजीगत लगानी गर्ने घोषणा गरेको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले उक्त घोषणा गरेकी हुन् ।

चालू आवमा विभिन्न कार्यक्रममार्फत १७ प्रतिशत नयाँ ग्राहक विस्तार गर्ने टेलिकमको योजना रहेको राजभण्डारीले बताइन्। हाल टेलिकमको ग्राहक संख्या २ करोडको हाराहारीमा छ ।

सेवा विस्तार तथा गुणस्तर सुदृढीकरण लगायतका माध्यमबाट आगामी दिनमा बजर विस्तारलाइै तिब्रता दिइने टेलिकमले जनाएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले चालु आवभित्र एक करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिइन् ।

ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्रदान गर्न फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.