काठमाडौं, साउन २९ गते । रातो तारा डट कम,
कपनका रमेशकुमार बोगटी आफ्ना छोरा सुमनका साथमा दरबारमार्गमा हिजोबाट सुरु भएको शैक्षिक मेलामा भेटिए । नेपाल अयर एजुकेशन फेयर(२०१७ मा उनी विभिन्न शैक्षिक संस्थको स्टल)स्टलमा पुगेर परामर्श गर्दैै थिए ।
बोगटीका छोरा सुमनले साइन्समा प्लस-टू सकाएका छन् । त्यसैले अब छोराका लागि ब्याचलरमा कुन विषय पढ्दा उपयुक्त होला भन्दै उनी कलेजका स्टलहरुमा गर्दै परामर्श गरिरहेका थिए ।
ब्मखभचतष्कmभलत
उनीमात्रै हैन, क्षेत्रपाटीका संगीता थापा र सचिन थापा पनि आफ्नो छोरीका लागि कुन बलेज उपयुक्त हुन्छ भनेर मेलामै भेट्टाउने प्रयत्नमा थिए । छोरीसँगै साथै नल्याएका उनीहरुले कलेजको ‘फि स्ट्रक्चर’ बारे पनि राम्रोसँग बुझे ।
‘अब हामी नेपालमा कस्ता कोर्स कतिसम्म खर्च गरेर छोरीलाई पढाउन सक्छौं भनेर छर्लङ्ग भयौं’संगीताले भनिन्,’बच्चाको मन केमा छ भन्ने कुुरा ध्यानमा राखेर हामीले यहाँ छलफल गर्यौं ।’
उनले भर्खर १८ वर्षकी छोरीलाई प्रेशर बनाएर विदेश नपठाउने निर्णय आफूहरुले गरेको सुनाइन् । उनले यो समयमा छोरीलाई हरेक परिवारको साथ र सहयोग चाहिने भन्दै मास्टर्स लागि विदेश जानेबाटो खला राखेर ब्याचलर नेपालमै गराउन आफूहरु मेलामा सहभागी भएको बताइन् ।
‘मेलामा आएपछि हामीले थुप्रै विकल्पहरु देख्यौं । अब छोरीसँग छलफल गरेर कुन कलेजमा कुन प्रोग्राममा पढ्ने भनेर डिसिजन गर्छौं’ संगीताले भनिन् ।
Post a Comment