दमक, साउन २९ गते । रातो तारा डट कम, झापामा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको छ । शिवसताक्षी नगरपालिका-१० मा रहेको गैंडे जल तथा मौसम मापन केन्द्रका अनुसार शनिबार ३७६.५ मिलिमिटर वर्षा भएको
हो ।
यसअघि २०५२ साल भदौ ५ गते २७७।८६ मिलिमिटर वर्षा भएको थियो । अहिले साँझ झापाको कनकाई नदीमा पानीको सतहले खतराको सूचि नाघेको छ ।
अहिले साइरन बजिरहेको छ । कनकाई नदीमा पानीको बहाव ६.५ मिटरमा पुगेको छ । सामान्यतः पानीको सतह ४।२ पुगेपछि खतरा मानिन्छ ।
झापामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण आउको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।
मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं। २ की कमला घोर्सानी, वडा नं। ७ की कमला दर्लामी र शिवसताक्षी नगरपालिका वडा नं। १, धरमपुरका २८ वर्षीय लेखनाथ पाण्डे ९विजय० छन् ।
यस्तै कमला खोलाले बगाएर कचनाकवलका २२ वर्षीय राम राजबंशीको मृत्यु भएको छ । विभिन्न नदीमा आएको बाढीका कारण ७ जना बेपत्ता छन् ।
जिल्लाका १ हजार २ सय ४९ घर परिवार प्रभावित भएका छन् भने १ हजार २ सय ६९ घर परिवार विस्थापित भएका
छ । १ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको छ ।
Post a Comment