Websoft University

अविरल वर्षा सगैँ आएको बाढीमा परि मोरङमा १८को मृत्यु

विराटनगर, साउन ३० गते । रातो तारा डट कम,अविरल बर्षाको भेलले बगाउँदा मोरङमा १८ जनाको मृत्यु भएको
छ। जिल्ला प्रहरी कार्यालय,मोरङका अनुसार आज सम्ममा १८ जनाको मृत शरिर भेटिएको मोरङ प्रहरीप्रमुख एसपी अरुणकुमार बिसिले जानकारी दिनुभयो ।

उहाँले आज  मात्रै मोरगंमा १२ जनाको मृत शरिर भेटिएको जानकारी दिनुभयो । उनका अनुसार मृतक मध्ये १४ जनाको पहिचान भइसकेको छ । बाँकी चारजनाको पहिचान गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीले बगाएर लगेका अवस्थामा  चारजनाको मृत शरीर भारतीय क्षेत्रमा बरामद भएको छ । भारी बर्षा रोकिएपछि पानीको सतह कम हुन थालेको छ । जसले गर्दा पानीमा बगेर बेपत्ता भएकाहरुको मृत शरिर भेटिन थालिएको प्रहरीले जनाएको छ।

पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएको मोरङ नै हो । आइतवारसम्म ६ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । तर, सोमवार मात्रै १२ जना थप मृतक बरामद भएको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.