Websoft University

विद्युत आपुर्ति बन्द हुदा तीन दिन देखि पूर्वी नेपाल अन्धकारमय भएको छ

विराटनगर साउन ३१ गते । रातो तारा डट कम,
लगातारको अविरल वर्षाका कारण मध्य र पूर्वी तराईका अधिकास जिल्लाहरु विद्युत आपुर्ति बन्द हुँदा जनजिवन कष्टकर बन्दै गएको छ ।

शुक्रबार देखि लगातार आइतबार सम्म परेको अविरल बर्षाका कारण आएको बाढीले विभिन्न स्थानमा रहेका सबस्टेशन डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढल्दा पर्सा, सप्तरी, लहान, मोरङ, सुनसरी तथा झापा सम्मको मध्य र पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । पर्सादेखि मध्य र पुर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति शुत्रबार राती देखि नै बन्द भएको छ ।

नेपाल विधुत प्राधिकरणले दिएको जानकारी अनुसार आज
बेलुका सम्ममा सुचारु हुन्छ कि भन्ने अनुमान गरेको
बताएको छ। तर मर्मतको काम भने भइरहेको बुझिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.