Websoft University

नारायणगढ मुग्लिन सडक फेरि अवरुद्ध


चितवन, साउन ३० गते । रातो तारा डट कम,नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो ।

दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.