Websoft University

बैकल्पिक मार्गको काम सुरुगरे पछि नगर बासिहरू खुसी भए

विराटनगर,साउन २४ गते । रातो तारा डट कम,अहिले नगर
भित्र सागुरा सडक त्यसमा जताततै भत्तकाएका निमार्णधिन
सडकले गर्दा हिलो र धुलोले पीडित भएका जनताले यो कुरा
सुनेर सबै खुसी भएका छन।

विराटनगर महानगरपालिकाले नगरवासीको पीडालाई  बुझेर मेयर भीम पराजुलीको सकृयतामा बैकल्पिक मार्गको खोजी   काम सुरु गरेको छ । 


बजार भित्रको ब्यस्त ट्राफिक जामलाई हटाउन महानगरले बैकल्पिक सडकहरुको खोजी सुरु गरेको हो । विराटनगर क्षेत्रमा नहरको बाटोलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न स्तरउन्नती सुरु गरिएका महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।


बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न विराटनगर–४ को करिव ४ किलोमिटर नहरकोबाटो सम्याउने काम सुरु गरिएको पराजुलीले बताए । उनका अनुसार विराटगर रानी देखि ढाट सम्म नहरकाको सडकलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्नेगरी काम सुरु गरिएको छ ।


पहिलो चरणमा विराटनगर–एयरपोर्ट मोडबाट नहरको बाटो सम्याउन सुरु गरिएको छ ।
त्यसैगरी बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत 
दिपक कोइरालाले निमार्णधिन सडक र रिक्सा सिटी रिक्सा साना भेकलहरूले बजारका सडक क्षेत्रमा केहिसमस्य पारेको
भए पनि त्यसको ट्राफिक प्रहरी संग समनय गरेर महानगरले छिटै समधान गर्ने बताउनु भयो । महानगरले अहिले बैकल्पिक
बाटो निमार्ण काम गर्न थालेको बताउनु भएकोछ।
वडा अध्यक्ष देवेन्द्रराज पोखरेलका अनुसार विराटनगर खारजी चोक देखि जामुनगाछी सम्मको करिव ४ किलोमिटर क्षेत्र मंगलवार देखि डोजरको प्रयोग गरेर सम्याउने काम थालिएको छ ।

सो मार्गलाई बैकल्पिक मार्ग र विहान हिडने मानिसलाई सहजताकालागि प्रयोग गर्न सकिने उनको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.