Websoft University

शनिश्चरेमा राधाकृष्ण रथयात्राको तयारी तीव्र


मोहन भट्टराई- मोरङ,पथरी, साउन २४ गते । रातो तारा डट कम,आगामी साउन ३१ गते मोरङको दोस्रो ठूलो सहर पथरीशनिश्चरेमा निकालिने दोस्रो राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ ।

गतवर्षदेखि कृष्ण जन्माष्टमीको भोली पल्ट निकालिदै आईएको रथयात्रालाई ऐतिहासिक वनाउनका लागि गठन गरिएका उपसमितिले आफ्नो गतिविधि तीव्र पारेका छन् । रथयात्रा मुल समारोह समितिले आज मंगलबार पत्रकार सम्मेलन गरि तयारी तीव्र पारिएको जनाएको हो ।

३ फिट उचाई , २ फिट चौडाई र ३ फिट लम्वाई भएको रथको वाहिरी भागमा सुनौलो र भित्री भागमा सेतो रंग लगाई सकिएको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष लक्ष्मिबहादुर थापाले जानकारी दिनुभयो । रथयात्रालाई पथरीशनिश्चरेको मात्र नभएर पूर्वकै महत्वपूर्ण पर्वका रुपमा स्थापीत गर्नका लागि कार्यसमिति सक्रिय रहेको अध्यक्ष थापाले बताउनुभयो ।

गत वर्षकोभन्दा यस वर्ष विशेष र भव्य रूपमा रथयात्राको आयोजना गरिने राधाकृष्ण रथयात्रा मूल समारोह समितिका सचिव रामप्रसाद न्यौपानेले जनाउनु भयो ।
रथयात्राका लागि लक्ष्मिबहादुर थापाको अध्यक्षतामा मूल समारोह समिति र समितिको मातहतमा रहने गरी छत्रबहादुर बस्नेतको संयोजकत्वमा लिला प्रदर्शन उपसमिति बनेको छ । पत्रकार सम्मेलनमा बोल्दै समितिका सचिव रामप्रसाद न्यौपानेले यसवर्ष रथको श्रृङ्गार विशेष प्रकारले गरिने व्यवस्था मिलाएको बताउनुभयो ।

मन्दिर परिसरबाट निकालिने रथले नगरक्षेत्रको विभिन्न ठाउँमा विश्राम लिनेछ । सो अवसरमा रथ सञ्चालन हुनुअघि साउन २७ गते विहान कलश यात्रा गरी श्रीमद् भागवतको १०औं स्काण्दको पाठ कथा प्रवचन हुनेछ । दैनिक रुपमा बेलुका संगीतमय भजन किर्तन र साउन ३० गते बेलुका स्थानीय कलाकारहरुद्वारा कृष्णलिला प्रदर्शन गरिने आयोजक समितिका उपाध्यक्ष फत्तबहादुर कार्कीले जानकारी दिनुभयो ।
साउन ३१ गते विशाल झाँकी, बाजागाजासहित राधाकृष्णको मूर्तिसहित नगर परिक्रमा गराइने छ ।

सांस्कृतिक कार्यक्रममा झाँकी र नौमति बाजासहित विभिन्न जातीय संघसंस्थाले सहभागिता जनाउने छन् । यसपटक भक्तजनलाई रथमा पूजा गर्न विशेष व्यवस्था गरिएको छ ।
रथयात्रा सञ्चालन गर्न लगभग १ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मोरङ पथरीशनिश्चरे –४ जरायोडोलबाट सुरु हुने उक्त रथयात्रामा हजारौं भक्तजनको सहभागीता हुने समितिको दाबी छ ।

पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष गणेश पौडेल, सदस्य पूणबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा जानकारी गराउँदै मूल आयोजक समितिका पदाधिकारीहरु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.