Websoft University

राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा


विराटनगर साउन २४ गते । रातो तारा डट कम,
प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगको छ । रथ यात्रा निकालिएको ५० वर्ष पुगको अवसरमा यो वर्षको राधाकृष्ण रथ यात्रालाई स्वर्ण महोत्सवका रुपमा मनाईने भएको छ ।

विराटनगर तिनपैनी स्थित राधाकृष्ण मन्दीरवाट प्रतेकवर्ष श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट रथयात्रा निकालिने गरिन्छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी रथ यात्राको तयारीका वारेमा जानकारी  गराउदै स्वर्ण महोत्सवको रुपमा मनाउन लागेको  ऐतिहासिक राधाकृष्ण रथयात्राको यसपटक भव्य तयारी भइरहेको जनाएको छ  ।

आयोजक समितिका अध्यक्ष वावुराजा ओझाले राधाकृष्ण रथ यात्राको राष्ट्रिपति विध्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी गराउनुभयो  । उहाले रथ यात्रा निकालिएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको अवसर पारेर राष्ट्रपतीवाट उद्घाटन रथयात्राको उद्घाटनको तयारी भइरहेको वताउनुभयो ।

विराटनगरको तिनपैने स्थित राधाकृष्ण मन्दिरवाट शुरु हुने रथ यात्राले नगर क्षेत्रको सात किलो मिटिरको दुरी परिक्रमा गर्ने वताइएको छ ।सो अवसरमा ४३ स्थानमा रथ यात्रा विश्राम गरिने छ ।त्यसैगरी रथ यात्राको अवसरमा हेलिकप्टरवाट पुष्पदृष्ट्रि गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।रथ यात्रामा नेपाल भारतका गरी ५ लाख भतmजनको सहभागीता रहने समितिका संयोजक ओझाले जानकारी दिनुभयो ।

रथ यात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रत्येक वर्ष श्री कृष्ण जन्म अष्टमीको भोली पल्ट विराटनगरमा विषेश राधाकृष्ण रथ यात्रा निकालिने गरिन्छ । विराटनगरको तिनपैनीमा रहेको राधाकृष्ण मन्दिरको स्थापना सगै विक्रम सम्वद १९८८ सालदेखि खट यात्राको एतिहासिक जात्रा शुरु भएको थियो ।

त्यसपछि २०२५ सालवाट रथको निर्माण गरी रथ यात्रा  विगत ५० वर्षदेखि सञ्चालन हुदै आएको छ ।यो वर्ष प्रयोगमा ल्याइने रथ सुनौलो रंगमा पेगोडा शैलीको हुनेछ भने जसको लम्वाई १२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहने र रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहने वताएको छ ।

त्यसैैगरी रथयात्राको अवसर पारेर प्रतेकवर्ष प्रदान गरिने पोकरमल राठीको स्मृतिमा राठी परिवारवाट स्थापित पोकरमल धर्मसंस्कृति पुरस्कार यसवर्ष प्रखर भागवत वाचक पण्डित श्री भवानी शंखर निरौलालाई प्रदान गरिने भएको छ । पुरस्कारको राषि एकलाख १ हजार रुपैया रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.