Websoft University

गुनासो सुन्दै मेयर पराजुली वार्ड–वार्डमा



विराटनगर साउन २४ गते । रातो तारा डट कम,
स्थानीयहरुको जनगुनासो सुन्न सवै वडामा जाने कार्यक्रम अनुरुप विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीय जनताहरू संग वडा भेटघाट कार्यक्रमलाई अहिले सशक्त बनाएका छन् ।

यसै अन्तरगत मंगलवार मेयर भीम पराजुलीले वार्ड नं. १६ का स्थानीयवासीहरु संग भेटघाट गरेका छन् । कार्यक्रममा स्थानीयले बाटोको समस्या ,ढलनिकास नभएको,सुकुम्वासी समाधान गर्नुपर्ने,विजुलीका पोलमा बत्ति नबलेको ,भएका विकास निर्माणका कामहरु गुणस्तरहिन भएकाले अनुगमन गर्नुपर्ने लगाएतका माग राखेका थिए ।

तत्काल हुन सक्ने र गर्न सकिने जनताका मागलाई पुरा गर्ने आश्वासन मेयर भीम पराजुलीले वडाबासीलाइ दिएका थिएका छन । कार्यक्रममा विराटनगर १६ नं. वार्डका वडाअध्यक्ष मनोज सुव्वा ,नेपाली कांग्रस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने,सदस्य लोकेन्द्र तिम्सिना,तरुणदल नगर सभापति सन्तोष न्यौपाने ,वुथ सभापति लक्ष्मी मण्डल लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.