Websoft University

मन्त्रीले गरे रंगेली खानेपानीको निरिक्षण



रबिन्द्र बराल -रंगेली, २४ गते ।  रातो तारा डट कम,
मोरङ्गको  रंगेलीमा रहेको खानेपानी संस्थाको मन्त्री महेन्द्र यादवले अनुगमन पश्यात मन्त्री यादवले  भने राजपाले आफनो माग स्थापना गर्नका लागी भएपनी चुनावमा सहभागी हुनुपर्ने बताउनुुभएको छ ।

 नत्र रणनीतिक रुपमा राजपालाई ठुलो घाटा हुने बताउदै उहाले राजपा जनता भन्दा बाहीर जान नहुने समेत बताए ।
नेपाली काग्रेसले सबै दलहरु संग संविधान संसोधनका लागी प्रयास गरीरहेको र अन्तीम समय सम्म समेत पहल गरिरहने बताउदै मन्त्री यादवले संविधान संसोधन संख्याले मात्र हुने हुदा यदी कदाचित संसोधनको संख्या नपुगे पनि राजपा चुनावमा भाग लिनु पर्ने बताए ।

उहाले चुनावमा भाग नलिए राजपालाई संगठन निर्माण गर्ने क्रममा ठुलो क्षती व्यहोर्नु पर्ने बताउनु भएको थियो ।
सो क्रममा मन्त्री यादवले रंगेली खानेपानीको ज्ञापन पत्र बुझदै रंगेली खानेपानीको पुर्वाधार विकास तथा खानेपानी संस्थानले व्यहोर्दै आईरहेको जेनेटर, फिल्टर सञ्चालनका समस्या तथा पुराना पाईपलाईन व्यवस्थापनका लागी विषेश पहल गरिदिने प्रतिव्द्धता समेत गर्नुभएको छ ।

माेरङकाे रंगेलीमा २०५० सालमा स्थापना भएको खानेपानी संस्था ले अहिले रंगेली का ७ सय ५० घर धुरी लाई खानेपानी बितरण गरिरहेका छ । २४ बर्ष अगाडि स्थापना भएको संस्थाले हाल सम्म पाईपलाईन नयाँ नहाल्दा ७ सय ५० घर धुरीले लाेदाेर फाेहर पानी खान बाध्य रहेको छ । १७ लाखमा निर्माण गरिएको  फाेल्टि भुईट्यक समेत सम्धित निकायले ध्यान नदिदा साे ट्यङकि बेकामे बनेको छ ।

खानेपानी संस्था काे अार्थिक अवस्था कमजोर भएको कारणले अहिलेसम्म २४ बर्ष सम्मका पुराना पाईपलाईन फेर्ने नसकेको संस्था का नईम अालमले  बताए ।
मन्त्री यादवले रंगेली खानेपानी संस्था मा एक महिना भित्र साेलर जडान गर्ने महात्मा रहेका कर्मचारी लाई निर्देशन समेत दिएकाे खानेपानी संस्था का सचिव अबिषेक अधिकारी ले बातए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.