Websoft University

धुर्मुस–सुन्तलीलाइ सम्मान-उद्घोष दैनिकको १३औं बाषिर्काेत्सव सम्पन्न


बिराटनगर भाद्र २ गते । रातो तारा डट कम,
चर्चित कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)लाई आज विराटनगरमा सम्मान गरिएको छ । उद्घोष दैनिकको १३औं बाषिर्काेत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद–दिव्यराज दाहाल सामाजिक सम्मानबाट उनीहरु सम्मानित भएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुस–सुन्तलीलाइ संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । कार्यक्रममा स्वर्गीय राजेश्वर रेग्मीको सम्झनामा स्थापित १० हजार १०० रााशीको राजेश्वर रेग्मी गजल पुरस्कार इलामको चुलाचुली–१ का विवश बलिभद्र कोइरालालाई प्रदान गरिएको छ ।

स्वर्गीय दिव्यराज दाहालका सुपुत्र कमलराज दाहालले आफ्ना माता–पिताका नाममा विभिन्न पुरस्कारहरु प्रदान गर्नेगरी श्रीप्रसाद– दिव्यराज दाहालका नाममा अक्षयकोष स्थापना गरेका छन् । श्रीप्रसाद– दिव्यराज दाहाल सामाजिक सम्मान हरेक दुई बर्षमा प्रदान गर्ने गरिन्छ ।

यसैवीच धुर्मुस–सुन्तली फाउण्डेशनले थाल्ने नयाँ नेपाल निर्माणको अभियानमा सहयोग गर्न मेयर भीम पराजुलीले व्यक्तीगत १ लाख १ हजार १ सय र रिजालको पोलिट्यांकका संचालक नवीन रिजालले प्लाष्टिकका सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.