Websoft University

बाढीबाट मोरङका साना तथा घरेलु उद्योगमा मात्र ५० करोड वढीको क्षति

विराटनगर,भदौ ३ गते । रातो तारा डट कम,
नेपाल साना तथा घरेलु उद्योग महासंघ मोरङले हाल सम्म जिल्लामा साना तथा घरेलु उद्योगमा पुर्याएको क्षतिको विवरण शुक्रबार बुझाएको छ ।

महासंघको उपाध्यक्ष चेतन निरौला तथा महिला समितिकी सभापति सुनिता छाराहाङको नेतृत्वमा साना तथा घरेलु उद्योग कार्यालय पुगेको टोलिले उद्योग अधिकृत शुशिला श्रेष्ठलाई क्षतिको विवरण बुझाएको हो ।

क्षतिको विवरण बुझ्दै अधिकृत श्रेष्ठले सम्वन्धीत निकायमा पठाउने बताइन् । गत शुक्रबारदेखी सोमबार सम्मको अविरल बर्षा सँगै आएको बाढीले जिल्लाका १७ वटै स्थानिय तहमा सञ्चालीत उद्योगहरुमा हाल सम्मको विवरण अनुसार करीब ५० करोड रुपैयाँ बढीको क्षति भएको र अझ क्षतिको विवरण आउन बाँकीरहेको महासंघका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

उनले बाढीबाट सवैभन्दा वढी क्षति विराटनगरमा सञ्चालीत उद्योगहरुमा पुगेको बताए । उपाध्यक्ष निरौलाले जिललाका फर्निचर, गार्मेन्ट, केमिकल, जुत्ताचप्पल, खाद्य, छापाखाना, चिया, प्लाष्टिक, साबुनलगायतका उद्योगमा क्षति पुगेको
बताए ।

उनले त्यस्ता उद्योगहरुले उत्पादन गरेका उत्पादीत बस्तुहरु भण्डारण गरि राखिएको गोदाममा बाढीको पानि पसेर क्षति पुगेको उद्योगका मेसिनरि पार्टपुर्जा समेत काम नलाग्ने अवस्थामा रहेको बताए ।

उनले विराटनगरको कपडा उद्योग स्नेहा एप्रल्स प्रा.लिमा डेढ करोड, जेके सोप प्रोडक्टमा ५० लाख र हिमाल होम केयरमा पनि ५० लाख रुपैयाँको क्षति पुगेको बताए ।  साना तथा घरेलु उद्योग महासंंघका अनुसार मोरङमा दर्ता भइ सञ्चालनमा रहेका ७ हजार ५ सय ६४ साना तथा घरेलु उद्योग छन् ।

यसै विच विज्ञप्ती जारी गर्दै महासंघको केन्द्रीय समितिले वार्षिक साधारण सभा महिला उद्यमी सम्मेलन स्थगित गरेको जनाएको छ । बाढी पहिरोका कारण विभिन्न उद्योगमा ठुलो क्षति पुगेको बताउदै महासंघले आगामि भदौ १४ गते गर्ने भनेको २४ औँ वार्षिक साधारणसभा तथा २१ महिला उद्यमी सम्मेलन अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरेकोबाढीबाट मोरङका साना तथा घरेलु उद्योगमा मात्र ५० करोड वढीको क्षति भएको जानकारी गराएका छन।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.