विराटनगर, भदौं ३ गते । रातो तारा डट कम,
विराटनगरका मुख्य सडक र बाढीबाट प्रभावित क्षेत्रमा आजबाट चेतनामूलक सरसफाई अभियान शुरु गरिएको छ।
महानगरपालिका विराटनगरको हाटखोलाचौंकबाट शुरु भएको सो अभियानमा महानगरका प्रमुख भीम पराजुली,प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य,महानगरका कार्यकारी अधिकृत दीपक कोइरालासहित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी, महानगपालिकाका कर्मचारी र स्थानीय युवाहरु गरी करिव ४०० जनाको सहभागिता रहेको छ ।
महानगरलाई सरसफाई राख्नुपर्ने, बाढीका कारण रोग फैलिन सक्ने भएकाले सरसफाईप्रति सजग गराउने उद्देश्यले यो नगर वासीको जनचेतना लागि यो अभियान सञ्चालनमा ल्याइएको महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले जानकारी गराउनुभयो ।
यस्ता अभियान १९ वटै वडामा सञ्चालन गर्नका लागि युवाहरुलाई आह्वानसमेत गरिएको उहाँले जानकारी गराउनुभयो ।
यसैबीच,विराटनगर–७ स्थित हरियालीटोलमा सिङयाहा खोलाले गरेको क्षतिका साथै फालिएका वस्तुहरुका कारण वातावरण प्रदुषित बनेको छ । यसको मेयर भीमले प्रत्येक्ष
आज अनुगमन गर्नुभएको छ।
त्यसैगरी सरसफाई अभियानअन्तर्गत सो टोलमा पुग्नु भएका प्रजिअ रामप्रसाद आचार्यले खोलाको किनारमा फालिएका फोहोरहरुलाई व्यवस्थापन गर्न,र लडेका विद्युतीय खम्बा हटाउनका लागि सम्बन्धित निकायहरुलाई निर्देश दिनुभएको ।
यतिखेर ती हरियाली टोलको सरसफाईमा सुरक्षाकर्मीलगायत महानगरपालिका कर्मचारी युवा समूह लगायतको जनसक्ति जुटेका छन् ।

Post a Comment