विराटनगर भाद्र १ गते । रातो तारा डट कम
इनडिपेन्डेन्ट हुमन फाउन्डेसन विराटनगरले बुढीगंगा गाउपालिकाको मुडेरी ३ मा झण्डै ४ लाख मूल्यबराबरको राहत सामाग्री साउन ३२ गते वितरण गरेको छ ।
बुढीगंगा मुडेरीमा रहेका ५ सय घरपरिवारलाई त्रिपाल,चामल र दाल वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष सावित्री आचार्यले जानकारी दिइन ।
बुधवार नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डांं. शेखर कोइराला ,कांग्रेस युवा नेता केदार कार्की,जितनारायण थापा मगर ,फाउन्डेसनका सदस्य ज्योती आचार्य लगायतले संम्युक्तरुपमा राहत वितरण गरेका थिए ।
यस अघि पनि फाउन्डेसनले सामाजिक क्षेत्रका उल्लेख्य काम गर्दे आएकोछ ।
Post a Comment