मोहन राई-श्रावण २५ गते । रातो तारा डट कम,
संखुवासभा, चैनपुर टुडीखेलमा विश्व आदिवासी दिवसको अवसर पारेर एक कार्याक्रम सम्पन्न गरेको छ ।
गाइजात्रा महोत्सव सँगै पर्न गएको विश्व आदिवासी दिवस लाई विशाल जनसभामा संखुवासभा जिल्लाका जिल्ला न्यायधिस देवेन्द्र पौडेलले कला र संँस्कृतिको धनी देश नेपालमा जात्रा पर्व काठमाण्डौ, भक्तपुर पछि संखुसभाको चैनपुरले सोही दाजोमा मनाएको स्मरण गर्नुहुँदै आदीवासी जनजातीहरुको हक र अधिकार प्राप्तीका लागि लडन अन्तराष्ट्रिय रुपबाट आजैको दिनबाट शुरु भएको बताउनुहुदै आदीवासी जनजातीहरुले आफ्नो पहिचान जर्गेनागर्न र देशमा जनजातीहरुको पहिचान दिन आग्रह गर्नुभयो ।
सो कार्यक्रममा विभिन्न जातजातीहरुले आ– आफ्नो झाकी र व्यानर सहित साँस्कृतिक कार्यक्रम पस्कदै चैनपुर बजार परिक्रमा गरी चैनपुरको टुडीखेलमा पुगेर कार्यक्रममा परिणत गरिएका कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था लगात प्रतिष्ठीत व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सभापतित्व नगर समन्वय समिति चैनपुरका अध्यक्ष चन्द्र मोक्तानले गरेका थिए ।
Post a Comment