Websoft University
September 2025


विराटनगर भदेो १९ गते |  विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

 ढुङ्गेलका अनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

 


विराटनगर भदेो १८ गते |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलियाको भ्रमणमा निस्किएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन उनी शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेललगायत महानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि कार्यालयमा विदाई गरेका थिए ।

महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्रोत परिचालनमा पहल गर्नेछन् । यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्था तथा सम्भावित दाताहरूसँग छलफल गरिने जनाइएको छ ।

मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत गएका थिए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन भ्रमण गरेका थिए । इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर फर्किएका थिए ।

अष्ट्रेलिया भ्रमणमा उनले सिड्नी, मेलबर्नलगायतका सहरहरूमा आयोजना हुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीच विराटनगरको समग्र विकासका लागि सहयोग जुटाउने उद्देश्यका साथ उनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाको सचिवालयले जनाएको छ ।


नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी निकायमा कार्यरत सबै कर्मचारी तथा निजी, औपचारिक अनौपचारिक क्षेत्रका कर्मचारी/श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको सर्वविदितै छ। उक्त निर्णय सरकारी तथा निजी सञ्चारमाध्यमले पूर्ण कार्यान्वयन नगरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
 
उक्त निर्णय २०८२ साल बैशाख १ गते देखि लागु हुनेगरि राजपत्रमा प्रकाशन हुँदा समेत अधिकांश सरकारी, सामुदायिक र निजी सञ्चारमाध्यमले कानुनी व्यवस्था लागु नगर्नु कानुनको ठाडो उल्लंघन हुनुका साथै कानुनी शासनको उपहास भएको महासंघको ठहर छ।
अतः उक्त कानुनी व्यवस्था पालना गर्न सबै सञ्चार प्रतिष्ठानहरूलाई महासंघ आग्रह गर्दछ र नेपाल सरकारसँग पनि कानुनी प्रावधान कडाइ साथ पालना गराउन जोडदार माग गर्दछ। 
साथै, विगत केही समयदेखि कान्तिपुर मिडिया ग्रुप, रिपब्लिक मिडिया प्रालि, जनता टेलिभिजन, एभिन्युज टेलिभिजन, इमेज टेलिभिजन, हिमाल मिडिया, नेपालन्युज डटकम लगायतका सञ्चार संस्थामा गम्भीर श्रम समस्या भएको उजुरीहरू महासंघमा प्राप्त भएका छन।
पत्रकार तथा कर्मचारीहरुको सेवा सुविधा नियमित हुन नसकेको, अनावश्यक दुःख दिने गरिएको, गैरकानुनी सरूवा र निष्काशन गरिएको गुनासोप्रती महासंघ गम्भीर भएको छ । नजिकिंदै गरेको चाडपर्वलाई समेत मध्यनजर गरी सबैखाले श्रम समस्या हल गरि सञ्चार संस्था र श्रमजीवी पत्रकारहरूबिच द्वन्द्व आउन नदिन महासंघ सम्बद्ध पक्षसँग पुनः आग्रह गर्दछ। 
अन्यथा श्रमजीवी पत्रकार तथा कर्मचारीको हित विपरीत रहने सञ्चारमाध्यमका विरुद्ध महासंघ आन्दोलनमा उत्रिन बाध्य हुनेतर्फ सम्बन्धित सबैलाई सचेत गराइन्छ। र, महासंघका सम्बद्ध प्रदेश समिति र शाखााहरूलाई आन्दोलनको तयारी गर्न अपिल गरिन्छ। 

रामप्रसाद दाहाल 
महासचिव


विराटनगरमा आज आइतबार आयोजित एक कार्यक्रममा ‘वडा परिचय’ पुस्तक विमोचन गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, विशिष्ट अतिथि पूर्व उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने,

पूर्ववडाध्यक्ष केदारबहादुर बस्नेत, समाजसेवी चन्द्रमणि नेउपानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

अग्रज पत्रकार यज्ञ शर्मा र लेखक निर्मल तामाङको लेखन तथा सम्पादनमा तयार पारिएको पुस्तकभित्र वडाभित्रको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, साहित्यिकलगायतका विषयहरु समावेश गरिएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा निराला कार्कीले पुस्तक प्रकाशन गरेकोमा वडाका सबै टिमलाई बधाई तथा धन्यवाद दिइन् । वडाको समग्र पक्षलाई समेटेर पुस्तक प्रकाशित भएको उनको भनाइ थियो । पूर्वउपमेयर इन्दिरा कार्कीले ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक आएको चर्चा गरिन् । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले वडाबारे जानकारी लिन चाहनेका लागि पुस्तक निकै उपयोगी हुने उल्लेख गरेका छन ।

 वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, १५ का प्रकाश साह, १९ का श्याम घिमिरेलगायतका विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थितिमा भएको कार्यक्रममा समाजसेवी रामबाबु पासवान, जनपथ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, वडाका पूर्वअध्यक्ष केदारबहादुर बस्नेत, नेकपा एमाले विराटनगर महानगर समितिका अध्यक्ष बलराम गिरी, नेपाली कांग्रेस विराटनगर महानगर समितिकी सचिव झुमा निरौला, पुस्तकका लेखक यज्ञ शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा वडाको वेभसाइटसमेत सार्वजनिक गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.