Websoft University

उद्योग संगठन मोरङले स्र्टाटअप एण्ड इनोभेशन कार्यक्रम आवेदनका लागी सहजिकरण गर्ने ।


बिराटनगर  साउन ५ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममा आम सर्वसाधारण, सम्भावित आवेदनकर्ताहरुले आवेदन आब्हान गरेको ५ दिनकै अवधीमा व्यक्त गरेको प्रतिक्रियाले उत्साहित बनाएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताएका छन । गत ३१ असारमा पत्रकार सम्मेलनको आयोजना गरि आवेदन आब्हान गर्दै संगठनले २० वटा नविन व्यवसायीक आइडियालाई छनौट गरि १८ महिनाको विभिन्न व्यवसायीक विकास सेवा उपलब्ध गराई उद्यमशिलतामा रुपान्तरण गर्ने महत्वाकांक्षी कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

गएको ५ दिनमा सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भएको प्रचार प्रसार गरिएको र सम्भावित आवेदनकर्ताहरुले यो कार्यक्रमको उद्देश्य, उपलब्ध हुने सेवा, विधि र प्रकृया लगायतका विविध विषयहरुका साथै  आवेदन गर्ने प्रकृया, आवेदनका लागी माग गरिएको सूचना आदिका बारेमा राख्नु भएको जिज्ञासाहरुका सन्दर्भमा स्पष्ट पार्न जरुरी भएकोले तिनै प्रश्नहरुलाई समेटी कार्यक्रमका तर्फबाट प्रश्न उत्तरको रुपमा प्रस्टाउने प्रयास गरिएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमका संयोजक शुरेन्द्र गोल्छाले जानकारी गराए ।   

प्रश्न ः  स्टार्टअप भनेको के हो ?  

उत्तर ः स्टार्टअप भन्नाले व्यवसायीक विकासको बृहत्तर सम्भावना भएको त्यस्तो कुनै नविन सोच, आइडिया वा अवधारणामा आधारित शुरुआती व्यवसाय हो । कुनै पनि व्यवसायीक आइडिया जस्ले उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गर्दै सामाजिक आवश्यकताहरुको परिपूर्तिका लागी नौलो वा हाल भइरहेको कार्यलाई फरक, आकर्षक, सर्वसुलभ ढंगले परिपूर्ति गर्छ वा गर्ने प्रयास गर्छ त्यसलाई स्टार्टअप भन्छौ । साथै, आयातित वस्तु तथा सेवाहरुलाई प्रतिष्थापन गर्ने वा निर्यातलाई बढावा दिने वस्तु तथा सेवा उत्पादन तथा वितरणको प्रकृयामा आवद्ध व्यवसायलाई स्टार्टअप व्यवसाय भनिएको छ ।    

प्रश्न ः   आवेदनका लागी योग्यता के हो ? 

उत्तर ः नविन व्यवसायीक विचार वा अवधारणा भएको (क्ष्मभब क्तबनभ) र आफ्नो व्यवसायवा प्रदेश नं १ भित्र सञ्चालन गर्ने नेपाली नागरिकका लागी आवेदन खुला गरिएको छ । 

त्यसैगरि, स्तरोन्नतीको सम्भावना भएको शुरुवाती अवस्था बढिमा (२ बर्ष) का औपचारिक सञ्चालनमा रहेका नविन उद्यमहरु (न्चयधतज उयतभलतष्ब िभबचथि–कतबनभ भलतभचउचष्कभक) ले पनि आवेदन गर्न सक्नुहुनेछ । 

प्रश्न ः   के आवेदनका लागी प्रदेश नं १ को नागरिक हुन अनिवार्य छ ? 

उत्तर ः आफ्नो स्टार्टअप व्यवसायको कार्यक्षेत्र प्रदेश नं १ भित्र रहने गरि आवेदन गर्ने सबै नेपाली नागरिकले यो कार्यक्रममा आवेदन गरि प्रकृयामा सहभागी हुन सक्नु हुनेछ ।  

प्रश्न ः   कार्यक्रमले कस्तो व्यवसायीक आइडिया वा व्यवसायलाई प्राथमिकता दिएको छ ?  

उत्तर ः यो कार्यक्रमले नविन सोचमा आधारित, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएको, भइरहेका उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा आधारित जुनसुकै क्षेत्रको व्यवसायको सम्भावना बोकेको आइडिया वा व्यवसायलाई प्राथमिकतामा राखेको छ । त्यसैगरि, कृषि तथा कृषिजन्य व्यवसाय र यस्को मूल्य श्रृङ्खला भित्र पर्ने सबै प्रकारका वस्तु तथा सेवा संग सम्बन्धीत व्यवसायलाई बिशेष ग्राह्यता दिइएको छ । 

प्रश्न ः  नविन वा नविनतम वा नविन व्यवसायीक अवधारणा भन्नाले के बुझाउँदछ ? 

यहाँ नविनतम, नविन वा नविन व्यवसायीक अवधारणा भन्नाले विल्कुलै नयाँ, सन्सारमा नभएको भन्ने अर्थमा प्रयोग भएको होइन । नविन भन्नाले कुनै पनि चिजलाई फरक तथा आकर्षक, एवं प्रभावकारीरुमा प्रस्तुत गर्नु पनि हो भन्नेअर्थमालिइएको छ ।  तषर्थ, कुनै नौलो वा नविन वस्तु तथा सेवाका साथै अहिले हामी देखेका उद्योग व्यवसाय, तिनको उत्पादन प्रकृया, बजारिकरण, वितरण वा अन्य स्टेपमा भइरहेको प्रयोग भन्दा फरक तर प्रभावकारी ढंगबाट गरिने नविन आइडियाहरु हुन । 

प्रश्न - आवेदन नेपाली वा अंग्रेजी कुन भाषामा लेख्नु पर्ने हो ? 

उत्तर ः आवेदन अग्रेजी वा नेपाली कुनै एक भाषामा लेख्न सकिने छ । आवेदनमा सोधिएका प्रश्नहरुको स्पष्ट र सिर्जनात्मक जवाफ दिनु पर्ने भएको हुदा आफूलाई सहज हुने भाषामा लेख्नुहुन अभिप्रेरित गरिन्छ ।  नेपालीमा लेख्दा युनिकोडमा लेख्नु पर्ने छ । 

प्रश्न ः   दुई वा दुईभन्दा बढि व्यक्ती वा समूह मिलेर आवेदन गर्न सक्छन की सक्दैनन ? 

उत्तर ः दुई वा दुई भन्दा बढि व्यक्ती वा समूह मिलेर आवदेन गर्न पनि सकिने छ । तर कार्यक्रममा सहभागि हुने मुख्य प्रतिनिधीको नाम तथा सम्पर्क विवरण, बायोडाटा, नागरिकता लगायत आवदेनले माग गरे अनुसार उल्लेख गरिनु पर्दछ । कार्यक्रमले उक्त तोकिएको प्रतिनिधिलाई मात्रै आफ्ना कार्यक्रमहरुमा सहभागि गराउने, सेवा उपलब्ध गराउने र सम्पर्क गरिने छ । 

प्रश्न ः  एक जनाले कति वटासम्म आइडिया वा व्यवसायका लागी आवेदन गर्न सक्छ ? 

उत्तर ः एक जनाले एक भन्दा बढि आइडिया वा व्यवसायका लागी आवेदन गर्न सक्नेछ । तर कार्यक्रमले एक व्यक्ती वा समूहको १ भन्दा बढि आइडिया वा व्यवसायलाई छनौट गर्ने छैन । तषर्थ, आफूसंग भएको सबैभन्दा नविन तथा सम्भावना भएको १ मात्र स्टार्टअप व्यवसायको आवेदन पेश गर्न कार्यक्रमका तर्फबाट अभिप्रेरित गर्दछौ । 

प्रश्न ः  छनौट भएपश्चात लगानीको ग्यारेन्टी हुन्छ ? 

उत्तर ः कार्यक्रमले लगानी तथा कर्जा प्रवाहका लागी सहजिकरण गर्दछ । नविल बैंक लिमिटेडले छनौट भएका व्यवसायलाई कर्जा पहुँच उपलब्ध गराउन यो कार्यक्रममा सहकार्य गरेको छ । अन्य बैंक तथा वित्तिय संस्थाहरुसंग पनि सहकार्य गरिदैछ । तषर्थ, लगानी तथा कर्जा प्रवाहका लागी कार्यक्रमका तर्फबाट अधिकतम प्रयास रहने छ ।    

प्रश्न ः   नविन व्यवसायीक आइडियाहरुको चोरी हुदैन भन्ने के आधार छ ? यस्ता नविन आइडियाहरुको संरक्षण गर्न यो कार्यक्रमले के कस्तो रणनीति अपनाएको छ ? 

उत्तर ः उद्योग संगठन मोरङ र यस कार्यक्रमका साझेदार सबै संस्थाहरु नविन आइडिया वा विचारहरु सुरक्षित र तिनको संरक्षणका लागी अत्यन्तै संवेदनशिल रहेका छन । साथै कार्यक्रममा संलग्न सबै व्यक्तीहरु जस्तै ः कर्मचारी, छनौटमा संलग्न विज्ञहरु, मेन्टर, परामर्शदाताहरु, साथी उद्यमी, अन्ययन अनुसन्धान एवं प्रयोगशालामा सहजिकरण गर्ने कार्यमा संलग्न सबैलाई कार्यक्रमले भ्तजष्अब िद्ययलमष्लन  नैतिकरुपमा प्रतिवद्ध गराउने छ । 

प्रश्न ः  यो कार्यक्रम मार्फत उपलब्ध हुने सेवा के के हुन ?

उत्तर ः क. मेन्टरसीप सेवा ः छनौट भएका स्टार्टअपहरुलाई व्यवसायी योजना तर्जुमा, वित्तिय, बजार, उत्पादन, व्यवस्थापन, कानुन, प्रशासन, व्यवसाय दर्ता, कानुनी, प्रशासनीक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनश्रोत व्यवस्थापन, लगायतका बिषयहरुमा मेन्टरसिप सेवा प्रदान गरिने छ । यस्तो सेवा संगठनले छनौटसदस्य उद्योगहरुमा विभिन्न क्षमतामा काम गर्ने विज्ञहरु, सफल उद्यमीहरु, विषय विज्ञ प्राविधिकहरु, बरिष्ठ वित्तिय विश्लेषक चार्टर एकाउन्टेन, कानुन विज्ञहरु लाई मेन्टरको रुपमा छनौट गरिएको छ । यसरी छनौट भएका विज्ञहरुबाट मेन्टरसिप सेवा उपलब्ध गराइने छ । लगानीमा सहजिकरण, नेटवर्क तथा सञ्जाल निर्माण

 प्रयोगशाला परिक्षण तथा अनुसन्धानमुलक सेवा ः छनौट भएको स्टार्टअपको आवश्यकता अनुसार नमुना उत्पादन (प्रोटोटाइपिङ), प्रयोगशाला परिक्षण तथा अनुसन्धानका लागी साझेदार संस्थाहरु मार्फत सेवा उपलब्ध गराइने छ । अनुसन्धानमुलक र प्रयोगशाला परिक्षण सम्बन्धी सेवाको व्यवस्थापनका लागी  पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय, राष्ट्रिय आविश्कार केन्द्र र क्षेत्रिय कृषि अनुसन्धान परिषद जस्ता शैक्षिक एवं अनुसन्धानमुलकसंस्थाहरुसंगसहकार्य गरिएकोछ ।  

लगानी तथा सञ्जालीकरण सेवा ः छनौट भएको स्टार्टअप व्यवसायमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल, एन्जेल क्यापिटल लगायतका लगानीहरुको समन्वय गर्न, यस्तो लगानीको मोडेल विधि र प्रकृया तयार गरि लगानीको लागी सहजिकरण गरिने छ । यस्का लागी अन्तरप्रेरणा प्रा.ली नामक संस्था संग सहकार्य गरिएको छ । 

 कर्जा पहुँचमा सहजिकरण सेवा ः छनौट भएको उद्यमीलाई कर्जा पहुँचमा सहिजकरण गर्न नविल बैंक लिमिटेड संग सहकार्य गरिएको छ । नविल बैंक लिमिटेडले यस कार्यक्रम मार्फत नेपाल सरकारले घोषणा गरेका सहुलियतपूर्ण कर्जा तथा अन्य कर्जाका लागी योग्य स्टार्टअपलाई कर्जा प्रदान गर्न नविल बैंक लिमिटेड र अन्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत अधिकतम सहजिकरण गरिने छ । 

साथी उद्यमी सेवा ः छनौट भएको उद्यमीलाई कार्यक्रम अवधीभर साथी उद्यमी सेवा उपलब्ध गराइने छ । यस सेवा अन्तरगत संगठनको एक सफल उद्योगीसंग अनुभव सेयर गर्ने, व्यवसायीक तौरतरिका सिक्ने अवसरका रुपमा स्टार्टअपले उपयोग गर्न सक्नेछन । कर्जा पहुँचमा सहिजकरण गर्न नविल बैंक लिमिटेड संग सहकार्य गरिएको छ ।

प्रश्न ः   बिराटनगर आएर सहभागि हुन नसक्ने दुर दराजका आवेदकलाई सहभागिताको के कस्तो व्यवस्था छ ? 

उत्तर ः कार्यक्रमले उपलब्ध गराउने सेवाहरु भौतिक तथा भर्चुअल माध्यमबाट, समूहमा वा व्यवसायको प्रकृतिका आधारमा एकजनालाई छुट्टै समेत सेवा उपलब्ध गराउने छ । कतिपय प्राविधिक, व्यवसायीक परामर्श सम्बन्धी सेवाहरु टेलिफोन, इमेल वा भर्चुअल कन्फेरेन्स, बैठक तथा कुराकानी बाट समेत उपलब्ध गराउन सकिनेछ छ । 

त्यसैगरि, कार्यक्रमले समयको निश्चित अन्तरालमा मात्रै बिराटनगरमा बोलाउन सक्छ । यो कार्यक्रमले व्यवसायीक विकास सेवाहरुको एउटा बृहत्तर इकोसिष्टमको जग बसाल्न विश्वविद्यालय एवं अनुसन्धान केन्द्रहरु, तिनै तहको सरकार र नीजि क्षेत्र विच संरचनागत सहकार्यका मार्फतबाट एउटा सफल प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । तषर्थ, स्टार्टअप व्यवसायको अवधारणालाई निश्चित कोठा भित्र बसेर गरिने तालिम आदिको रुपमा मात्रै हेर्नु हुदैन । त्यसकारण जो जहाँ भएपनि आफ्नो ठाउँमा नै बसेर स्टार्टअप व्यवसाय अघि बढाउन सक्छन । कार्यक्रमले माग गरेबमोजिम बिराटनगर आउनु पर्ने भएमा मात्रै आउनु पर्ने हुन्छ र यसरी आउदा जादा लाग्ने खर्च सम्बन्धीत स्टार्टअप कै हुन्छ । टेलिकन्फेरेन्स, टेलिफोन तथा अन्य माध्यमबाट समेत मेन्टर, परामर्श तथा प्राविधिक परामर्श उपलब्ध गराउन सकिनेछ । प्राविधिक निरिक्षण गर्नु पर्ने आवश्यकता भएको खण्डमा कार्यक्रमले रोष्टरमा रहेको सम्बन्धीत प्राविधिकले सेवा दिन सक्नुहुनेछ । 

प्रश्न ः  यो कार्यक्रम सहभागी हुन र सेवा प्राप्त गर्न खर्च कति लाग्छ ? 

उत्तर ः कार्यक्रममा आवेदन गर्न र मेन्टर, परामर्श सेवा प्राप्त गर्न कुनै पनि शुल्क लाग्दैन । तर मेन्टर तथा कोचिङ सूविधा बाहेक कार्यक्रमले माग गरे बमोजिम बिराटनगर आउन जान, खान, बस्न लाग्ने आफ्नो खर्चहरु सम्बन्धीत स्टार्टअपले नै योगदान गर्नु पर्दछ । 

प्रश्न ः  छनौटको प्रकृया के हो ? 

उत्तर ः प्राप्त आवेदनहरुलाई २ चरणमा छनौट गरिने छ । पहिलो चरणमा आवेदनमा उल्लेख गरिएको सूचना जानकारी, आवेदकको पृष्ठभूमि बायोडाटाका आधारमा प्रस्तावको प्रस्टता, सोचको स्पष्टता, प्रस्तावको नवीन सोच, नवीन प्रविधि, लगायतका आधारमा छनौट गरिने छ । पहिलो चरणमा छनौट भएका आवेदकलाई  दोश्रो चरणमा प्रस्तुतीकरण र अन्तवार्ताको माध्यमबाट छनौट गरिने छ । 

प्रश्न ः  कार्यक्रम तथा आवेदन सम्बन्न्धी बिष्तृत जानकारी लिनु पर्दा कँहा सम्पर्क गर्ने ? 

उत्तर ः कार्यक्रमको सम्बन्धमा वा आवेदन प्रकृया सम्बन्धमा केहि थप जानकारी आवश्यक भए उद्योग संगठन मोरङको सचिवालय, शहिद मार्ग, बिराटनगर २ मा फोनं नं ०२१५१५७१२, ५७७४४२६, ५११४४९, ५७७४६४ मा सम्पर्क गर्न सकिनेछ । साथै, सम्भावित आवेदकलाई आवेदनका लागी सहजिकरण संगठनले ७ दखि १५ श्रावण सम्म भर्चुअल अन्तरक्रिया समेत आयोजना गर्दैछ । संगठनको फेसबुक पेज मार्फत समय र लिकंको जानकारी गराइने बताइएको छ ।

स्टार्टअप तथा इनोभेशन कार्यक्रमका बारेमा धेरैभन्दा सम्भावित आवेदनकर्ताहरु समक्ष सुचना सम्प्रेषण गर्न र आवदेन प्रकृयामा सहजिकरणमा गर्न आगामी हप्ताभरि विभिन्न चरणमा  भर्चुअल अन्तरक्रिया आयोजना गर्ने तयारी संगठनले गरेको छ । ५ श्रावण, २०७८

बिराटनगर 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.