Websoft University

सडक, खानेपानी र विधुत सेवा उपलब्ध नहुदा उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी लाई आन्तरीक पर्यटकिय क्षेत्रको रुपमा विकसीत गर्न कठिन

श्याम राइ-गाईघाट साउन ४ गते । रातो तारा डट कम,सडक, खानेपानी र विधुत सेवा उपलब्ध नहुदा उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी लाई आन्तरीक पर्यटकिय क्षेत्रको रुपमा विकसीत गर्न कठिन भएको छ । ऐतिहासीक महत्व बोकेको गढी लाई आन्तरीक पर्यटकीय स्थल बनाउने प्रयास गरेको झण्डै दुई दसक देखीको योजना ले अझै मूर्त लिन सकेको छैन । गढीमा खानेपानी को विकराल समस्या हुनुको साथै पक्की सडक को निर्माण र बिजुलीको विस्तार नभएकै कारण पर्यटकीय क्षेत्र बनाउने सरोकारवालाहरुको सपना पुरा हुन सकेको छैन । उदयपुरगढी जिल्लाकै उच्च भु–भाग क्षेत्रमा पर्दछ । राणाकालीन समयमा निर्माण भएका किल्ला, दुई वर्ष पुुरानो भगतीको मंन्दीर लगायतका पा्रचिन बस्तुहरु अझै देख्न पाईन्छ । राणशासन विरुद्धको आन्दोलनमा नेपाली काग्रेसका नेता स्व कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा मुक्ति सेना ले गरेको आक्रमण बाट राणाकालीन सेना र प्रशासक लाई हटाएर कागे्रसले पहिलो पल्ट गढी लाई आफना कब्जामा लिएको  थियो । तत्कालीन जिल्ला बिकास समिती उदयपुरले झण्डै दुई दशक अधि उदयपुरगढी लाई पर्यटकीय स्थल को रुपमा बिकास गर्ने प्रयास गरेको थियो । तर गढी ले अझै काचुली फेर्न सकेको छैन । पुर्व जिविस सभापती हरी शंकर परियारले आफनो कार्यालयमा केहि बजेट छुट्टयाएर काम शुरु गरेको भएपनी गढी मा अझै भौतीक पुर्वाधार बन्न नसकेको बताए । (विजुली ,खानेपानी र सडक को अझै पहुच पुगेको छैन) । उनले भने । त्यसैले गढी लाई पर्यटकीय स्थल को रुपमा विकसीत गर्न कठीन भएको छ । उनले भने । तत्काल आबश्य पुर्वधार बनाउन सके मात्र सफलता मिल्ने उनले बताए । गढीमा केही वर्ष अघि पर्यटकीय स्थल को रुपमा चिनाउन केही होमस्टे समेत संचालनमा थिए । तर विजुली र खाने पानीको समस्याले गर्दा आन्तरीक पर्यटक नआउदा त्यस्ता होमस्टे बन्द हुन पुगेको छ । १ नम्बर प्रदेश सरकारले हालै गढी स्थीत दरबार क्षेत्रको पुन ःनिर्माण को काम शुरु गरेको छ । उदयपुरगढी संरक्षण समिती मार्फत झण्डै  ५० लाख खर्च गरेर दरबार क्षेत्रमा वाल लगाउने, तार घेराबेरा गर्ने र भत्कीएको पा्रचिन दरबारको मर्मत संभार शुरु गरीएको उदयपुरगढी गाउपालीकाका प्रशासकीय अधिकृत माधब सुबेदी ले बताए । (अब पुर्बधार संगै गढी आउने सडक लाइ कालो पत्रे गरेर बिजुली र खानेपानी योजना तत्काल संचालन गर्नु पर्छ) उनले भने । अनी मात्र गढी लाइृ पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सजिलो हुन्छ । झण्डै ४५ वर्ष अघि गढी बाट जिल्ला सदरमुकाम गाइघाट सरेपछी सो क्षेत्र उजाड बन्दै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.