Websoft University

कोरोना भाइरसको त्रासले वातावरणले आर्थिक वातावरणमा नै असर परिरहेको भन्दै, आज उधोग सगठन मोरङले बिज्ञप्ती जारि गर्यो।


बिराटनगर । रातो तारा डट कम,गत डिसेम्वर महिना देखि चीनको वुहान शहरमा देखा परेको कोरोना (कोभिड १९) भाईरसले वर्तमान समयसम्म विश्वव्यापी रुपमा फैलिई ६ हजार भन्दा वढीको ज्यान लिईसकेको छ भने विश्वभरी एक लाख पचास हजार भन्दा वढी मानिस यसबाट संक्रमित भईसकेका छन । 

संक्रमितको संख्या दिन प्रतिदिन वढने क्रममा रहेको छ । विश्वव्यापी रुपमा फैलिई रहेको यस भाइरसको असर र प्रभावलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठनले यसलाई आपतकालिन स्थितिको रुपमा घोषणा गरी यस भाईरसको नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको छ । 

विश्वव्यापी रुपमा फैलिईरहेको उक्त भाईरसको प्रभाव नियन्त्रणका लागि नेपाल सरकारले वैशाख १८ गते सम्मका लागि अनअराईभल भिसा वन्द गरिसकेको छ भने छिमेकी राष्ट्र भारतले नेपालसंगको चार सिमानाका वाहेक अन्य सबै नाका वन्द गर्ने घोषणा गरिसकेको छ । दुवै देशका सरकारले भाइरसको उच्च जोखिमलाई दृष्टिगत गर्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ भने सार्क राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेन्स मार्फत यस विरुद्ध सामुहिक प्रयास थालनी प्रतिवद्धता व्यत्ति गरीसकेको छ ।  

यस अवस्थाको प्रत्यक्ष्ँ प्रभाव उद्योग व्यवसायमा देखिन थालिसकेको छ, स्थानीय उद्योग व्यवसायलाई आवश्यक कच्चा पदार्थ आयात प्रभावित हुनुका साथै उत्पादित वस्तुको निर्यात समेत घटन थालिसकेको छ । वजारको चहल पहलमा आएको सुस्तता, आयात तथा निर्यातको घटने क्रमले राजश्व, रोजगारी र आर्थिक क्ष्ँेत्रको मेरुदण्डका रुपमा रहेका उद्योग÷व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ । 

पछिल्लो समयमा विश्वव्यापी रुपमा आर्थिक क्ष्ँेत्रमा पर्दै आएको प्रभावबाट हाम्रो मुलुकको उद्योग÷व्यवसाय क्ष्ँेत्र अछुतो रहन सक्दैन । सरकारको आर्थिक विकासका सहयात्रीका रुपमा रहेका यस क्ष्ँेत्रलाई अन्तर्राष्ट्रिय वजारको नकारात्मक अवस्थाले निश्चित रुपमा प्रत्यक्ष्ँ वा अप्रत्यक्ष्ँ प्रभावमा पार्छ भने आमनागरिकमा उत्पन्न भएको भय र त्रासको वातावरणले आर्थिक वातावरणमा नै असर परिरहेको छ ।  

अतः वर्तमान समयमा कोरोना भाइरस संक्रमण जोखिम तथा त्रासका कारणले आर्थिक गतिविधिमा आईरहेको सुस्तता र उत्पादनमा आएको ह्रास, यस क्ष्ँेत्रको लक्ष्य अनुरुपको व्यापार तथा निर्यातमा आएको कमी, कच्चा पदार्थ पैठारीमा देखिएको असहजताका साथै समग्र वस्तुस्थितिलाई ध्यानमा राखि उद्योग÷व्यवसाय क्ष्ँेत्रको राहतका लागि यस अवधिको वैंक तथा वित्तिय संस्थाको व्याजको आधार दर गणना गरी ऋण तथा व्याज रकम भुत्तानीका लागि  ३ महिनाको ग्रेस अवधि दिइनु पर्ने, चैत्र मसान्त सम्म तिर्नु पर्ने करको समयावधि ३ महिना थप गर्नुु पर्ने, विद्युत महशुलको न्यूनतम शुल्क मिनाहा गर्नु पर्ने लगायतका पूर्ण प्याकेजका सहयोगको कार्यक्रम ल्याउन उद्योग संगठन मोरंग नेपाल सरकार सम्वन्धित निकायसंग जोडदार माग गर्दछ । 

साथै कोरोना भाईरसको रोकथाम र नियन्त्रणका उपायहरु अवलम्वन गर्न सरकार, सम्वन्धित सरोकारवाला मन्त्रालय तथा अन्य निकायमा अनुरोध गर्दै यस विषम परिस्थितीमा दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरुको सहज उपलब्धताको व्यवस्थाका लागि सम्पूर्ण उद्योगी÷व्यवसायीमा अनुरोध गर्दै सबैलाई सचेत, सजग र सुरक्ष्ँित रहन समेत अपिल गर्दछौं ।  



भीम घिमिरे
अध्यक्ष्ँ
उद्योग संगठन मोरंग

२०७६ चैत्र ०४ गते, मंगलवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.