Websoft University

बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरीकारबाहीमा


बिदेशको समचार,
हैदराबाद । रातो तारा डट कम, भारतको हैदराबादको एक बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरीकारबाहीमा मारिएका छन् ।

कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो । तर बिहीबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएको हो ।

आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ । २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो । यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो । न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.