Websoft University

बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ

विराटनगर । रातो तारा डट कम, आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अनुसन्धान अघि बढाउन दोस्रो पटक आईसियु कक्षबाट नै म्याद थपका लागिएको छ । 

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद आज सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको हो । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.