Websoft University

उदयपुर सीमेन्ट उद्योगले गैडा छाप सिमेन्टको मूल्य ह्वात्तै घटायो-उद्योग कुनै पनि बेला बन्द हुन सक्ने


श्याम राई,जलजले-उदयपु,भदौ २९ गते । रातो तारा डट कम, सिमेन्ट विक्रि ह्वात्तै घटेपछि उदयपुर सीमेन्ट उद्योगले गैडा छाप सिमेन्टको मूल्य घटाएको छ । अन्य स्वदेशी ब्राण्डका सिमेन्ट ले बजार तिव्र रुपमा लिन थालेपछि गैडा छाप सिमेन्ट को बजार खस्किदै जाने  थालेको हो ।

केही वर्ष अघि सम्म भैरहेको गैडा छाप सिमेन्ट को नियमीत उत्पादन नहुनु मुल्य निकै चर्कोँ हुनु र स्थानिय विक्रेतालाई सिमेन्ट उपलब्ध गराउन नसक्नु नै उद्योगले बजार गुमाउदै जानु प्रथम कारण रहेको हो । उद्योग व्यवस्थपनले उद्योग डुवाउन सिमेन्ट विक्रि हुने पीक सीजनमा विभिन्न बहानामा सिमेन्ट उत्पादन बन्द गराउन र अझ सिजनमा उत्पादन नगर्नु ले उद्योग  कुनै पनि बेला बन्द हुन सक्ने स्वयम कर्मचारीहरु बताउछन् ।

‘यो सिजन मा सिमेन्ट निकै कम विक्रि भयो उत्पादनसमेत पर्याप्त भएन ।’  विक्री शाखाका एक कर्मचारीलृे नाम उल्लेख नगर्न शर्तमा भने । अहिले सिमेन्ट विक्री हुने पिक सिजन सकीएको सिमेन्ट को पयाप्त उन्पादन भएको छ । तर विक्र्रि शुन्य छ ।  ति कमचारीले  भने ‘ सिमेन्ट विक्री हुने  सिजनमा  पर्याप्त उन्पादन हुदैन ।

बजारमा माग भएपनि गैडा छाप सिमेन्टको वर्षेनी कृतिम अभाव गरिन्छ । ’ ति  कर्मचारी ले भने अन्य ब्राण्डको सिमेन्ट विक्री गराउन कै लागि पीक सिजनमा विभिन्न बहानामा गैडा छाप सिमेन्टको उत्पादन वाड  गराइन्छ । अवकाश प्राप्त कर्मचारी हिरा श्रेष्ठले भने ‘अहिले अफ सिजनमा प्रति वोरा ३५  रुपैया घटाएको छ ।

मुल्य घटाउदा पनि गैडा छाप सिमेन्ट को माग बढ्ने कुनै अवस्था छैन ।’  स्थानिय अधिकृत विक्रेता दिपु गौतमले भने । ‘ जती बेला ग्राहक बाट गैडा छाप सिमेन्टको खोजी गरीन्छ , त्यसवेला उद्यँोगमा सिमेन्ट नै उत्पादन गरिदैन । ’ अर्का एक डिलर ले बताए सिमेन्ट नभएपछि ग्राहक ले अन्य ब्राण्डको सिमेन्ट लाने गरेको उनले बताए ।

उदयपुर सीमेन्टलाइ घरायसी  बनाउने  उद्देश्यले नै भित्रभित्रनै उद्योग व्यवस्थापनको  मिलीमतोबाट प्रत्यक वर्ष पीक सिजनमा गैडा छाप सिमेन्ट को अभाव गरीदै आएको  उद्योगको बोर्ड सदस्य मुगाधन राईले भने । ‘ मैले बोर्ड सदस्य भएको बेला पनि उद्योग सुधार्ने निकै प्रयास गरे ।  तर सकीन  उद्योगका जिएम देखी केही विभागिय प्रमुखहरुको साठगाठ नीजी सिमेन्ट उद्योग संग हुदो रहेछ । ’

उनले  भने ‘ विभिन्न बहानामा पिक सिजनमा उद्योग नै वाड  गरिदो रहेछ । ’ राईले भने । अर्का पूर्व बोर्ड सदस्य मनोज बस्नेतले नीजी क्षेत्रका सिमेन्ट विक्री गराउनको लागी उदयपुर सिमेन्ट लाई  पीक सिजनमा वाड गराउने परिपाटी आफू बोर्ड सदस्य भएको  बेला पनी  देखीएको  बताए ।  ‘निकै कोसिस गरेँ तर त्यस्तो वृति रोक्न सकीन  माथी देखी तल सम्म सबैको  मिलिमतो हुदोरहेछ ।’ उनले भने । 

‘निमीत्त महाप्रवन्धकको बदमासी’
सरकारले उदयपुर सिमेन्ट उद्योगमा एक वर्ष देखी महा प्रवन्धक नियुक्ती गर्न नसक्दा निमीत्तकै भरमा उद्योग संचालन हुदै आएको  छ ।  उद्योग मंत्रालयले खुल्ला रुपमा  महाप्रबन्धक नियुक्तीको प्रक्रिया थालेको भएपनि महंगीको साथको कारण ६ जनाको सर्टलिस्टमा निकालेको  ६ महिना भन्दा बढी  भैसक्दा पनि मंत्रालयले महाप्रबन्धक नियुक्ती गरेको छ । मंत्री मात्रीका यादवले सर्ट लिस्टमा परेका  व्यक्तीहरु सग पैसाको बार्गेलीङ मा कुरा नमिले पछि महाप्रबन्धक नियुक्तीमा ढिलाई भएको उद्योग स्रोतले जनाएको छ । मंत्रालयबाट महाप्रबन्धक नियुक्तीमा भएको ढिलाई पछि निमीत्त भएर काम गरीरहदा नायव महाप्रबन्धक नोभल किशोर साहले यहि मौकामा कमाउनुपर्छ भन्दै उद्योगमा ब्रम्मलुट मच्चाउदै आएको उद्योगका कर्मचारीहरु बताउछन् ।

उद्योगलाई तत्काल आवश्यक नपर्ने  विभिन्न मेसीनरी सामान खरीद गर्दै साहले  लाखौ रुपैया कमीशन  लिएका हुन् । उनले  गुणस्तरीय हिन लुब्रीकेट्स प्रयोग गरेर लामो समय टिक्ने विभिन्न मेशीनरी पाट्स समेट विग्रन थालेको छ ।  

‘ सिमेन्टले गोदाम भरीयो – विक्री शून्य ’

पिक सिजन सकीएर अफ सिजन शुरु भएपछि उदयपुर सिमेन्टले पर्याप्त गैडा छाप सिमेन्ट उत्पादन गरेपनि बजारमा सिमेन्ट बिक्री  हुन सकेको छैन ।  अहिले सिमेन्ट बिक्री नभएर उद्योगको गोदाममा भरीभराउ रहेको छ । तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल ले दैनिक १ सय देखी १५० गाडीसम्म सिमेन्ट विक्री  गरेका थिए।

तर निमीत्त साहको कार्यकालमा पिक सीजनमा दैनिक ६० गाडी भन्दा बढी  सिमेन्ट बिक्री नभएको उद्योगका कर्मचारीहरु बताउछन् । अहिले सिमेन्ट फालाफाल छ । तर सिमेन्ट विक्री ठप्प  छ । मुस्किलले १०, १५ गाडी भाडा बढी सिमेन्ट दैनिक विक्री हुन सकेको  छैन ।  ती कर्मचारीले भने सिमेन्ट विक्री ठप्प हुदा उद्योग घाटामा संचालन भैरहेको छ ।

सिमेन्ट बिक्रि नहुदा उद्योगको आम्दानी समेत गुमीरहेको ले उद्योग आर्थिक संकट मा पर्ने अवस्था  आएको लेखा शाखाले जनाएको छ । ‘ अहिले पर्याप्त पैसा जम्मा भएको छैन दशैको बेला कर्मचारीलाई तलव भत्ता खुवाउन समेत  धौधौ पर्न सक्छ ।’लेखा शाखाका एक कर्मचारीले नाम उल्लेख नगरीदिने शर्तमा भने । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.