शिव भट्टराई सुनसरी बैशाख ३१ गते ।
इटहरीमा सोमबार राती घरको तिनतला माथिबाट खसेर एक युवतीको मृत्यु भएको छ । इटहरी ६ स्थित संगित चौककी १७ बर्षीया पुजा शर्माको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १० बजे मृत्यु भएको इटहरीका डिएसपी समिरचन्द्र खरेलले रातोतारा डट कमलाई जानकारी दिए ।
घरबाट खसेर गम्भीर अवस्थामा उपचारको लागी विपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको समेत खरेलको भनाई छ ।
मृतक पुजाले इटहरीस्थित कस्तुरी कलेजमा भर्खरै बिबिएस दोस्रो बर्षमा राम्रो अंक ल्याएर परिक्षा पास गरेकी थिईन ।

Post a Comment