Websoft University

प्रेस युनियन कार्य समिति धरानको जेठ १० गते गठन गर्ने निर्णय भयो


बिराटनगर बैशाख ३१ गते । रातो तारा डट कम,धरान नेपाल प्रेस युनियन कार्य समिति धरानको जेठ १० गते गठन गर्ने निर्णय भएको छ ।

शुक्रान्त राईको संयोजकत्वमा मङ्गलबार छलफल कार्यक्रमको आयोजना गरि नेपाल प्रेस युनियन कार्यसमिति तयारी गठनका लागि राईसहित तीन जना सदस्य समिति गठन भएको छ । सदस्यहरुमा मात्रिका प्रसाद नेपाल र सन्दीप राई रहेका छन् ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, धरान नगरसभापति तिलक राई, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिव श्याम पोखरेल, नेपाल प्रेस युनियन पूर्व्जिल्ला सभापति बासु बराल, नगर सल्लाहकार हिमाल राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सचिव दोर्ची शेर्पा, नेपाल प्रेस युनियन जिल्ला प्रतिनिधि विवेक विवश रेग्मी लगायत नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

उक्त भेलाले नेपाली कांग्रेस पार्टी कार्यालय धरानमा जेठ १० गत्ते शुक्रबार भव्यरुपले प्रेस युनियन धरान नगर कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । (सामाग्री बिजयपुर एफएमबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.