श्याम राई-गाईघाट,वैशाख २९ गते । रातो तारा डट कम, वैदेशिक रोजगारीमा मलेसिया रहेका उदयपुरका एक युवा दुई वर्षदेखि परिवार र आफन्तसँग सम्पर्क विहिन रहेकाछन् ।
उदयपुरको चौढण्डी नगरपालिका वडा न. ५ सुन्दरपुरका ३२ वर्षिय प्रदिप कुमार चौधरी २०७४ मंसिर ४ गतेदेखि घर परिवारसँग सम्पर्कमा नरहेको परिवारले जनाएको छ । मलेसिया गएको केही समयसम्म घर परिवारसँग नियमित रुपमा फोन रहेपनि त्यसपछि भने उनी सम्पर्कमा नरहेको बुबा सिताराम चौधरीले बताए ।
काठमाडौंस्थीत पिजन ओभरसिज प्रालि मार्फत मलेसिया गएका चौधरी त्याहास्थीत डब्लु सिटि कन्ट्रक्सन एसडिएन विएचडी कम्पनीमा कार्यरत थिए । तिन वर्ष सोही कम्पनीमा काम गरि नेपाल फर्केर चौधरी फेरी उक्त कम्पनीमा काम गर्न गएका थिए । चौधरी कम्पनीमा पुगेर काम गरिरहेको दश महिनापछि नै सम्पर्क विहिन भएको बुबा सितारामले बताए।‘
घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजी गरिएको र अहिले सम्म कुनै जानकारी आउन सकेको छैन ।’ उनले भने,‘ हामीले वैदेशिक रोजगार प्रबद्धन वोर्डमा समेत निवेदन दिएकाथियौ । बोर्डले मलेसियास्थीत विभिन्न स्थान, जेल र सेल्टरमा खोजी गर्दा प्रदिप नामको कुनै व्यक्ति नरहेको जानकारी दिएको उनले बताए ।’
मलेसयिा पुगेर नियमित रुपमा आफूसँग फोन सम्पर्क भैरहने गरेको उनकी श्रीमती कुन्तिदेवीले बताईन् ।‘ मसँग फोन, फेसबुक लगायतका सामाजिक संजालमा कुराकानी नियमित हुने गथ्र्यो । तर सोही दिनदेखि मोवाईल समेत अफ भएको उनले बताईन् ।’ उनले आफनो श्रीमान्को खोजी गरिदिनु हुन नेपाल सरकार र संचारकर्मीहरुसँग आग्रह गरिन् ।
Post a Comment