
सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ ।
आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् । आगामी अगस्टबाट छायाँकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् ।
तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन्। रावलको निर्माणमा २०१३ मा होस्टलबाटअभिनेता अनमोल केसी, होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् ।
Post a Comment