काठमाण्डौं,फागुन १ गते । रातो तारा डट कम,तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा आज दुई खेल हुँदैछ । आजको खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा धनगढी स्टार्स र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।
फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं र महेन्द्रनगरले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्रिकेट खेलमा धनगढी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
Post a Comment