बिराटनगर,फागुन ३ गते । रातो तारा डट कम, १ नम्वर प्रदेश सरकारले आज प्रदेशको राधनी बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकारको १ वर्षे उपलधि कार्यकमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख डाक्टर गोबिन्द बहादुर तुम्वाहाङ मार्फत ५१ पृष्टको पुस्तक सार्वजानिक गरेकोछ ।
प्रदेश नम्वर १ का मुख्यमंन्त्री तथा १ वर्षे उपलधि सार्वनिककीकरण कार्यक्रमका सभापति शेरधन राईले प्रदेश भरिबाट प्रतिनिसधत्व गर्दै सभामा उपस्थित प्रदेश मन्त्री सासद, स्थानिय निकायका प्रतिनिधि ,प्रशासन प्रमुख, जनप्रतिनिधि,प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, कर्मचारी,हरु सम्पुर्णलाई सम्वोधन गर्दै, अअिले हामीले सबृद्घको प्रदेशको बिकासको अवधारणा अनुसार संघीयता कार्यन्वयन गर्न पटि सबैलागेको अवस्था हो भन्नु भयो ।
जनताका इच्छा आकाशँहरु धेरै भएकाले तिनलाई बिस्तारै पुरागर्दैलैजाने तर्फ प्रदेश सरकारले कामहरु गरिरहेको कुरा समेत मुख्य मंन्त्री राईले बताउनु भएकोछ ।
प्रदेश सरकारले प्रदेशमा सुरक्षा व्यवस्थि गर्न बिभिन्न ब्राण्डका २४० थान मोटरसाइकल १५ साना सवारीका साधानको साचो प्रदेश प्रहरी प्रमुख,शस्त्रप्रहरी प्रमुख,हरुलाई मुख्य मंन्त्री राईले हस्तान्तरण गर्नु भएको थियो । आजै प्रदेशमा ९० वर्ष पुगेकहरूलाइ वार्षिक घरैगएर ५ हजार दिने घोषणा पनि गर्नुभएकोछ
कार्यक्रममा १ नम्वर प्रदेश सभामुख प्रदिप भण्डारीले अहिले हामी संगभएका स्रोत साधानहरुलाई सदुपयोग गर्दै अगि बड्नु पर्ने धारणा राख्नु हुदै अहिले सम्म २४ वट्टा प्रदेशका कानुन बनेका र बाँकी कानुनहरु फागुन २० सम्ममा सबै बन्ने बताउनु भयो ।
प्रदेश नम्वर १ का मुख्य सचिव केदार न्यौपानेले कार्यक्रममा स्वागत मन्त्व्य दिनु भएको थियो ।
१ नम्वर प्रदेशले आम जनताको भावनाकै कुरा गर्ने हो भने आफुले छुट्याएको १ वर्षको पुजिगत खर्च रु १३ अर्व २४ करोड ७२ लाख,८७ हजार ७९० मध्ये रु ५८ करोड ८४ लाख ८८ हजार ४३०,मात्र अर्थात ४,४५ प्रतिसत मात्र खर्च भएको देखियो ।
आगामी दिनमा जनताको आशा र भरोसाहरुको उच्च सम्मान गर्दै प्रदेशको चौतर्फी बिकास निमार्णमा छुट्याइएको रकमहरु पुरै खचै हुने गरि बिकास निमार्णमा प्रदेश सरकारले जोड दिदा राम्रो हुने देखिन्छ । कार्यक्रममा राम्रो काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
Post a Comment