श्याम राई-गाईघाट, माघ २९ गते । रातो तारा डट कम,
जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारका सदस्यलाई सरकारले राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराएको छ ।
उदयपुरको बेलका नगरपालीका ३ रामपुरका हात्ती आक्रमणबाट मृत्यु भएका राम कुमार सार्कीको परिवारलाई सोमवार उक्त रकम उपलब्ध गराईएको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको उक्त रकम डिभिजन वन कार्यलय उदयपुरका प्रमुख विष्णु प्रसाद आचार्यले मृतकका वुवा डम्बर बहादुर लाई हस्तान्तरण गरेका हु्न् ।
घरमा बसीरहेको बेला सार्कीलाई साउन ३० गते कोसी टप्पुबाट आएको जंगली हात्तीले किचेर मारेका थिए । वन्यजन्तु बाट हुने क्षतिको राहत सहयोग निर्देसिका २०६९ अनुसार राहत उपलब्ध गराउनको लागी तत्कालिन क्षेत्रिय वन निर्देशनालय लाई सिफारिस गरेको डिभिजन वन कार्यलय उदयपुरले जनाएको छ ।
जंगली हात्तीको आक्रमणमा यो बर्ष जिल्लामा ३ जनाको मृत्यु भईसकेको छ । सार्की सहित बेलका नगरपालीका ३ शुक्रबारे का ५७ बर्षिय बुद्धिमान मगर र त्रियुगा नगरपालीका १२ कि ७८ बर्षिया सावित्रि राई को मृत्यु भएको वन कार्यलय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए । मृत्यु भएका अन्य परिवारका सदस्यहरु लाई समेत राहतको लागी सिफारिस गरिएको उनले बताए ।
आरक्ष क्षेत्रबाट निस्कने जंगली हात्तीले बर्षेनी स्थानियलाई आक्रमण गरी ज्यान लिने गरेको छ । साथै हात्तीले अन्नबाली नष्ट गर्नुको साथै घर, टहरा समेत भत्काउने गरेको छ ।
श्याम राई÷उदयपुर
Post a Comment