Websoft University

फिजियोथेरापी हस्पिटलले बार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा उपचार शिविर सन्चालन गर्ने

विराटनगर,पुस ६ गते । रातो तारा डट कम,विराटनगर– ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ ।
हस्पिटलले पुष ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजना गरेकोआज अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । तेस्रो बार्षिक उत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हस्पिटलको अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।
बार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने जनाएको छ । यस्तै १० गते रक्तदान तथा बार्षिकोत्सव कार्यक्रम गर्ने अस्पतालका अध्यक्ष अधिकारीले बताए । अस्पतालले ५ सय विरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गर्ने जनाएको छ । 
काठमाडौंबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । जसमा विशेषयज्ञ चिकित्सक सुनिलकुमार पौडेल, अनिल महतोलगायतको टिम आउने बताइएको छ ।
वार्षिक उत्सवको अवसरमा ल्याबमा समेत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । रगतमा सुगर जाँच, युरिक एसिड जाँच निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । उपचार र अस्पतालमा भर्ना बिरामीलाई २० प्रतिशत छुट दिनुका साथै दुर्गम क्षेत्र तथा ज्येष्ठ नागरीकहरुलाई विशेष छुट दिने अध्यक्ष अधिकारीले बताए ।
सोही अवसरमा मोरङका पत्रकार सवै सेवामा पूर्ण नि : शुल्क र पत्रकारका परिवारलाई सबै सेवामा ५० प्रतिशत छुट दिइने बताइएको छ । अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्न, नसा च्यापिएको, हड्डी खिइएको, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्नेलगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.