Websoft University

लागूऔषध सहित १ पक्राउ

{फायल फोटो}

झापा, पौष ७  गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ भन्सार कार्यालयको अगाडीबाट
प्रहरी शुक्रवार लागूऔषध खैरो हेरोईन सहित १ युवकलाई पक्राउ गरेको छ ।

दिउँसो साढे १ बजेको समयमा लागूऔषध नियन्त्रण व्यूरो कडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन सहित बिर्तामोड नगरपालिका-४ बस्ने बर्ष १८ को आरिप मोहम्मदलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मोहम्मदको साथबाट प्रहरीले लागूऔषध २ ग्राम खैरो हेरोईन बरामद गरेको छ । बरामद लागूऔषध सहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान
भईरहेको उक्त कार्यालयले जनाएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.