Websoft University

शिक्षा दिवसमा विद्यालय पुरस्कारको कार्यक्रम स्थगित


काठमाडौँ भदौ २३ गते । रातो तारा डट कम,अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट घोषित शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरण कार्यक्रम स्थगन भएको छ ।

पुरस्कार छनोटबारेको रिट निवेदनमा पुनरावेदन उच्च अदालत पाटनले बुधबार कार्यक्रम स्थगन गर्न अन्तरिम आदेश दिएपछि शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा तय भएको विद्यालय पुरस्कृत गरिने समारोह स्थगन भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । अर्काे सूचना नआएसम्म सो पुरस्कार स्थगन भएको हो ।








उक्त कार्यक्रम दिवसको मूल कार्यक्रम हो । दिवसका दिन बिहान राष्ट्रपतिबाट प्रदान गरिने विद्याभूषण प्रदानको कार्यक्रम भने यथावत् छ । यस वर्ष दिवसको नारा ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.