विराटनगर साउन ३२ गते । रातो तारा डट कम
मोरङका बाढीपिडीतहरु बिरामी पर्न थालेका छन् । जताततै पानीजमेका कारण उत्पन्न समस्याका कारण बाढीपिडीतको जीवन कष्ठकर बन्दै गएको छ ।
पानी र खानाको अभाव समेत बढेको छ भने मच्छड र भुसुना बढेका कारण बाढी पिडित झन समस्यामा परेका छन् । बाढी वाट अझ बढी प्रभाभित भएको विराटनगर महानगरपालिकामा समेत विरामीको संख्या बढ्न थालेको
छ । विराटनगर महानगरभित्र पशुचौपाया मरेकाकारण हैजा फैलन सक्ने भन्दै स्थानीयहरुले चाडोभन्दा चाडो व्यवस्थापन गर्न माग गरेका छन् ।
महानगरपालिकाले भने समस्या समाधानका लागी द्रुत गतिमा काम गरिरहेको जनाएको छ । विराटनगर महानगरभित्रका १९ वटै वडाका ६० स्थानमा ११ हजार ७ सय ४० जना बाढीपिडितलाई राखिएको मेयर भीम पराजुलीले रातो तारा डट कम संग कुरा गर्दै नकारी दिनु भयो ।
मेयर भीम पराजुलीले बाढीका कारण निम्तिन सक्ने खतराका विषयमा बिषयमा विज्ञहरु परिचालन गरिनका साथै सवै वडामा दवाई सहित स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनु भयो ।
यस्तै जिल्लाका विभिन्न स्थानका बाढीपिडितहरुको समस्या समाधानका लागी काम भइरहेको मोरङका प्रमूख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनु भयो ।
Post a Comment