Websoft University

चिनियाँ उपप्रधानमन्त्रीले आज राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरे

काठमाडौं,साउन ३२ गते । रातो तारा डट कम,
चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेका छन्
चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको टोली बुधबार कीर्तिपुर पुगेको थियो । उनलाई स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले स्वागत गरेका थिए ।

मन्त्री पोखरेलले संघीय संरचना अन्तर्गत सातै प्रदेशमा एक(एक आयुर्वेदिक अस्पताल खोल्न सहयोग गर्न अनुरोध गरेका थिए । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले चीनका लागि नेपाली राजदूत लिलामणि पोखरेलमार्फत थप छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।

याङले नेपालको परम्परागत आयुर्वेदिक पद्धतीमा आफू विश्वस्त रहेको भन्दै थप सहयोग गर्न तयार रहेको बतााए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा। किरण रेग्मीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रकोयथास्थितिबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रम पश्चात आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्य सचिव रेग्मीले आयुर्वेदको क्षेत्रमा विकासमा चीनले पनि धेरै सहयोग गरिरहेको र अब पनि धेरै अपेक्षा रहेको बताइन् ।

उनले भनिन्, ‘चीन सरकारले आयुर्वेदको विकासमा सहयोग गर्नुका साथै आयुर्वेदलाई निकै महत्व दिइरहेको अवस्था छ । यस विषयमा छलफल गरेर नेपालका बारेमा के थियो र के छ भनेर बुझाउँदा पाउँदा निकै खुशी लागेको छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा। सिद्धार्थकुमार ठाकुरले अस्पतालको उद्देश्य आयुुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु रहेका बताए ।

चीन सरकारको आर्थिक सहयोगमा स्थापना भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई उसले उपकरण पनि सहयोग गरेको छ । केन्द्रमा हाल शल्य चिकित्सा, स्त्री, प्रसुती सेवा अर्वुद्ध रोग उपचार, रेडियोलोजी, प्याथोलोजी, एक्स रे, सिटी स्क्यान लगायतका सेवा उपलब्ध छ ।

त्यसैगरी अस्पतालले अन्तरंग सेवा अन्तर्गत पञ्चकर्म, क्षरसुत्र, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोलोजी, टेलिमेडिसिन, एक्स रे, सिटी स्क्यान लगायतका सेवा सुरु हुने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.