Websoft University

सामसुङले फ्याब्लेट ग्यालेक्सी नोट एट छिटै बजारमा ल्याउने

बिराटनगर साउन ३२ गते ।  रातो तारा डट कम,
आगामी अगष्ट २३ मा लञ्च गर्न लागेको आफ्नो नयाँ फ्याब्लेट ग्यालेक्सी नोट एटको अफिसियल टिजर भिडियो सामसुङले सार्वजनिक गरेको छ ।

पछिल्लो एक महिनादेखि ग्यालेक्सी नोट एटका बारेमा विभिन्न खाले समाचारहरु सार्वजनिक भैरहेका बेला सामसुङले आफ्नो आसन्न प्रडक्टका बारेमा ९ दिन अगाडि नै आधिकारिक भिडियोमार्फत परिचय गराएको हो ।

३ सामसुङले टिजर भिडियो मार्फत आफ्ना प्रतिस्पर्धी कम्पनीहरुमाथि निसाना साँधेको देखिन्छ ।

भिडियोमा सामसुङले ग्यालेक्सी नोट एटका फिचर्सका बारेमा खासै उल्लेख नगरेपनि उसले एस पेन जस्ता स्मार्टफोनमा भएका महत्वपूर्ण फिचर्सलाई दर्शाउन खोजेको छ ।

ग्यालेक्सी नोट एट ६।३ इन्च को एज टू एज एमोलेड इन्फिनिटी डिस्प्लेमा आउनेछ । जसको रिजोलुसन चाहीँ ग्यालेक्सी एस एट र एस एट प्लसकै जस्तो हुनेछ । नोट एटमा मुख्य क्यामरा दुईवटा हुनेछन् ।

नोट एटमा अक्टाकोर क्वालकोम स्नापड्रागन ८३५ वा एक्जीनोस ८८९५ एसओसी प्रोसेसर हुनेछ । नोट एटमा ६ जिबीको र्याम रहने बताइएको छ ।
त्यस्तै ३३ सय मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.