Websoft University

बर्षा रोकिएपछि राहतको अनुभूति - विराटनगरमा एक सातासम्म विद्युत सुचारु नहुने

विराटनगर,साउन २९ गते । रातो तारा डट कम,दुई दिनदेखिको बर्षा आज विहान १० बजेदेखि रोकिएपछि पूर्वी तराईका जिल्लाहरुमा राहतको अनुभूति भइरहेको छ ।

दुई दिनको अविरल बर्षामा पूर्वी क्षेत्रका मोरङमा पाँच जना,पाँचथरमा एक जना,झापामा दुई जना,सुनसरीमा ८ जना र सप्तरीमा एक जना गरी १७ जनाको मृत्यु भएको छ र १३ जना वेपत्ता भएका छन् ।

सो दिनको बर्षामा मोरङमा दुई हजारभन्दा बढी मानिसहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिएको
थियो ।

यसैबीच, बर्षा रोकिएपछि मोरङ भएर बग्ने नदीहरुको जलस्तर घट्नुका साथै विराटनगर महानगरपालिकामा पनि पानीको स्तर घट्न  थालेको छ । विराटनगरमै मात्र एक हजारको हाराहारीमा मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यतिखेर, प्रभावित परिवारहरुमध्ये अधिकांस आ–आफ्ना गणतव्यतर्फ फर्कन थालेका छन् । मौंसममा सुधार हुनासाथ बजारमा चहलपहल बढेको छ । खासगरी,तरकारी बजारमा किनमेल गर्नेहरुको घुइचो व्यापक रुपमा देखिन्छ ।

यसैबीच,विराटनगरमा खानेपानीको व्यापक अभाव भएको
छ । वितरण विगत दुई दिनदेखि विद्युतसेवा अवरुद्ध भएपछि खानेपानी संस्थानद्धारा धारामार्फत खानेपानी वितरण हुन नसकेको, निजी कम्पनीहरुद्वारा उत्पादित ‘जारका पानी’ पनि बजारमा उपलब्ध हुन नसक्दा खानेपानीका उपभोक्ताहरु सास्ती भोगिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले विराटनगरलगायतका क्षेत्रका एक साताभन्दा बढी समयसम्म विद्युत सुचारु हुन नसक्ने जनाएपछि सर्वसाधारण चिन्तित बनेका छन् ।

सुनसरीस्थित दुहवी सव–स्टेशनको परिसरमा पाँच फिटसम्म पानी जमेको र सो पानीको निकास नभएसम्म विद्युत सुचारु हुन नसक्ने बताइएको छ । कतिपय ठाउँहरुमा विद्युतीय खम्बाहरु प्नि लडेको बताइएको छ ।

विद्युत नहुँदा खानेपानी संस्थानको धारामा पानी नआउने, खानेपानी उत्पादन गर्ने निजी कम्पनीहरुले विद्युतको अभावमा पानी उत्पादन गर्न नसक्ने भएको अवस्थामा विराटनगरमा खानेपानीको आपुर्ति कसरी हुने जटिल विषय बनेको देखिन्छ।

विद्युत नहुँदा दुध उत्पादनसमेत प्रभावित भएको छ । दुग्ध संस्थानको दुध र निजी कम्पनीहरुको दुध पनि आज विराटनगरमा वितरण हुन नसकेको उपभोक्ताहरले बताएका छन् ।

विद्युतको अभावमा सञ्चारकर्मीहरुलाई समाचार सङ्कलन र सम्प्रेश्नमा समेत गम्भीर असर परेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.