Websoft University

कुमार सानु दशैमा विराटनगर आउने

विराटनगर साउन २५ गते । रातो तारा डट कम,भारतका चर्चित गायक कुमार सानु विराटनगर आउने भएका छन । आउदो असोज–७ गते दशैको अवसर पारेर हुन लागेको कार्यक्रमा सहभागी हुन कुमार सानु विराटनगर आउन लाग्नुभएको छ  ।

मुन्टेज इन्टरनेशनल र फन एण्ड फुड भिलेज रिर्सोटको सयुक्त आयोजना हुन लागेको कुमार सानु लाईभ तथा कन्र्सटमा सहभागी हुन आफनो व्याण्ड सहित कुमार सानु विराटनगर आउने हुनुभएको हो ।

विराटनगरको हाठखोला स्थित फन एण्ड फुड भिलेज रिर्सोटमा हुने कार्यक्रममा कुमार सानुले नेपाली भाषाका चार तथा २० वटा भन्दा वढि हिन्दि गित गाउने जनाइएको छ ।

मुन्टेज इन्टरनेशनलले विराटनगरमा आज पत्रकार सम्मेलनगरी दशैको अवसर पारेर कुमार सानुलाई विराटनगर ल्याउन लागेको जनाएको छ । गायन क्षेत्रमा अन्तराष्ट्रिय पहिचान वनाएका कुमार सानुले वेलुका पाचवजेदेखी आफनो व्याण्डका साथ तिनघण्टा लाईभ कार्यक्रम गर्ने वताइएको छ ।

रिसोर्टका संचालन भुपाल राईले कुमार सानु संगै नेपाली कलाकार देविका वन्दना र हास्य कलाकार जितु नेपाल समेत कार्यक्रममा सहभागी हुने वताउनुभयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.