झापा, साउन २८ गते । रातो तारा डट कम,केही दिन यता झापामा परिरहेको भारी वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा १२ घरपरिवार विस्थापित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले दिएको जानकारी अनुसार गौरीगञ्जमा ८ र झापा गाउँपालिकामा ४ गरी १२ घरपरिवार विस्थापित भएका हुन् ।
शुक्रबार कनकाई नदीमा आएको बाढीले विस्थापित गौरीगञ्ज गाउँपालिका(२ का ५ घरपरिवार अहिले आमगाछी प्राथमिक विद्यालयमा बस्दै आएका छन् ।
यसअघि बिहीबार कमल नदीमा आएको बाढीले सोही गाउँपालिकाको वडा नंं। १, सुकुम्वासी वस्तीका ३ घर परिवार विस्थापित भएका छन् ।
त्यस्तै, जिल्लाको दक्षिणी क्षेत्र झापा गाउँपालिकाको वडा नं। ७, मदरगाछमा कनकाई नदी पस्दा ४ घरपरिवार विस्थापित भएको रेडक्रसका अभिशेक पोखरेलले अनलाइनखबरलाई बताए ।
उनका अनुसार विस्थापितहरु अहिले छिमेकीको आश्रय लिएर बसिरहेका छन् ।
३ सय ९ परिवार प्रभावित :- त्यसैगरी, जिल्लाका ३ सय ९ घरपरिवार बाढीबाट प्रभावित बनेको बताइएको छ । रेडक्रसका अनुसार भद्रपुर नगरपालिका(१, साबिक पृथ्वीनगर(८ मा १५० परिवार डुवानमा परी प्रभावित भएका छन् ।
भद्रपुरकै भैसावाडी भन्ने स्थानमा मेची नदीमा पानीको बहाव बढ्दा १ सय ३० परिवार डुवानमा परेका छन् ।
गौरीगञ्ज गाउँपालिकाको वडा नं। १, साबिक महाभारा(९, रङ्गिया थानमा कनकाई नदीको पानी पस्दा जमिन कटान गरिरहेकाले प्रत्यक्ष रुपमा ५० देखि ६० परिवार तथा अप्रत्यक्ष रुपमा ५ सयदेखि ६ सय परिवार जोखिममा रहेको रेडक्रसले जनाएको छ ।
मेचीनगर नगरपालिका(१५, साविक ज्यामिरगढी(१, सेडाईँ वस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घर जोखिममा रहेका छन् भने त्यसमध्ये ६ घरपरिवार उच्च जोखिममा रहेको बताइएको छ ।
वर्षाकै कारण तेथुम, ताप्लेजुङ मा पैरोले प्रभाबित भएको
खबरछ।

Post a Comment