Websoft University

बिराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न


विराटनगर साउन ३१ गते । रातो तारा डट कम,
कृष्ण जन्मअष्टीमको अवसरमा आज निकालिएको राधाकृष्ण रथयात्राको रुट परिवर्तन गरि भव्यरूमा राधाकृष्ण रथ निकालिएकोछ ।
निरन्तरको बर्षाका कारण सडकहरु क्षत विक्षत भएपछि राधाकृष्ण रथयत्राको रुट परिवर्तन गरिएको हो । राधाकृष्ण युगल जोडीको रथयात्रा मन्दिर परिसर तीन पैनी चोक, बाट तीन बजे आरम्भ गरि जलजला चोक, ट्राफिक चोक महेन्द्र चोक घुमाएर पून सोही रुटबाट फर्काइएकोएकोछ

रथयात्रामा अायाेजक समिति,संघ संस्था भजन मण्डली,रथयात्राका साथ झाँकी र रथ तान्ने भक्तहरूको घुइँचो रहेकोथियो । गत वर्ष राधाकृष्णा रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरूभइ तीनपैनी ट्राफिक चोक महेन्द्र चोक, शनिमन्दिर बरगाछी हुदै पून: मन्दिर परिसरमा ल्याएर टुङगयाउने गरीन्थ्यो तर यो वर्ष बर्षाका कारण भत्किएको सडक मर्मत गर्ने समय नभएपछि रुट नै परिवर्तन गरिएको
हो । २७ गते यताको बर्षाका कारण कोशी राजमार्गको महेन्द्र चोक बरगाछी खण्डको सडक धेरै विग्रिएपछि रथको रुट परिवर्तन गरिएको समितिले जानकारी दिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.