Websoft University

डिस्पेन्सिङ पम्पबाट कम तेल झरेमा कारवाही नगर्न माग गर्दै आन्दोलनको घोषणा


काठमाडौं, साउन २६ गते  । रातो तारा डट कम,
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो ।


बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएका मागहरुको पाँचौ नम्बर बुँदामा लेखिएको छ, ‘गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ पम्पमा लगाइएको सिल दुरुस्त हुँदाहुँदै प्राविधिक कारणले परिमाण घटीबढी भएमा पम्पलाई कारबाही नगरी तत्काल क्यालिब्रेशन गरिदिनुपर्ने ।’

पेट्रोलपम्पमा तेल भर्दा देखिने अंक भन्दा नोजलबाट झर्ने तेल कम परिमाणको हुने गरेको उपभोक्ताको गुनासो छ । गुनासोअनुसार बजार अनुगमन गर्दा पम्प सञ्चालकले सिल तोडेर परिमाण घटबढ गराएको पाइएको थियो ।

एशोसियसनले बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिमाण निगमले समायोजन गरिदिनुपर्ने, निगमको पूर्वाधार समय सापेक्ष सुधार गर्नुपर्ने र सबै डिपोहरुमा लोडिङ अनलोडिङ प्वाइन्ट तथा मौजदात क्षमता बढाउनुपर्ने माग पनि गरेको छ ।

माग पूरा नभए २६ गतेदेखि देशभरका डिपोहरुबाट पेट्रोलियम पदार्थ उठाउन बन्द गर्ने र ३१ गतेदेखि बिक्री वितरण बन्द गर्ने चेतावनी एशोसियसनले दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.