यो महिला हिंसा नेपालमा मात्र होईन दक्षिण यशियालि मुलुकुहरुका धेरै ठाउँहरुमा महिला र्हिसाको अन्त्य भएको पाईदैन । तर पनि सकारात्मक कुराहरुमा जोड दिनु पर्छ भन्नु भयो ।
कुरा गर्नु भन्दा कुनै ठाउहरुमा छल फल गर्दा महिला समान भनिए पनि कम भेटिन्छन र यस्तो खालको मानसिक्तालाई सुधार गरेर महिला र पुरुषहरुको अधिकार समान बनाउने तिर लाग्नु पर्छ भन्नु भयो । वहाले महिला र्हिसामा परेकाहरुलाई सुरक्षीत घर हरुको पनि बिकास पर्ने कुरामा जोड दिनु भएकोछ ।
मोरग जिल्लाका प्रमुख जिल्ला अधिारी यज्ञराज कोईरालाले मानव अधिकार महिला हिंसा नियुनिकरण गर्न राज्यको मुल प्रभामा ल्याउनु पर्ने,भेदभावहरुलाई हटाउ वा कम गर्ने तिर हामी सबैलाग्नु पर्छ भन्नु भयो ।
महिला हिंसामा परेका महिलाई महिला हिंसा सहयोगी प्रहरी सेलहरुबाट पनि लाभ लिन र अगुवाहरुले सेवा दिलाउन अनुरोध गर्नु भयो।
महिलाहरुलाई हिंसामा पर्ने बितिकै कहा जाने भन्ने जस्ता समस्य भएकाले हिंसामा परेका महिलाहरुलाई महिला सेफ आउसको खांचो रहेको छ र त्यस तर्फ पनि ध्यान दिनु पर्छ भन्नु भयो ।
मन्जिता उपाध्यायले यो सम्मेलनबाट महिलाहरुको हितमा निचोटहरुको कुराआउनु पर्छ भन्दै कार्याक्रम सफताको कामना गर्नु भयो ।
पुर्वमानव अधिकार रक्षक तथा मानव अधिकार कर्मी सोम राज थापाले सम्मेलनमा आफना भनाईहरु राख्दै,१९७५को म्याक्सीकोमा भएको सम्झोैता देखि बेजिंङ सम्मेलन १२ बुधे सम्झोैता सम्मका कुराहरुलाई उजागर गर्नु भएको थियो ।
कार्याक्रममा गैससका त्रिलोक न्यापाने ,राजेन्द्र ढकालले पनि गोष्ठि सफलताको कामना गर्नु भएको थियो ।
उच्चअदालत बिराटनगर, नेपाल बारका अध्यक्ष लीला बल्भ अधिकारीले आफता भनाईहरु राख्दै,अहिले महिला हिंसा दाईजो प्रथा,सानो ठुलो जात लागु पदाथर्थ सेवन जस्ता कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी,नेपाल सरकारले पारित गरेको वा बनाएको ऐन मै ६५ वर्ष नागेका महिला वा पुरुषहरुलाई सजायमा ७५ प्रतिसत छुट दिने भनिए पनि आज सम्म त्यस तर्फ कानुन सरकारले लागु गर्न सकेन त्यस्ताकानु कि राख्ने खारेजी हुनु पर्छ भन्नु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारीले आफना कुराहरु राख्दै,धेरै जसो समाजमा लागु पदार्थ सेवन प्रयोग कर्ता हरुकै कारणबाट बढी महिला हिंसा बढेका हो भन्नु भयो ।
अहिले नेपाल प्रहरीले नागरिक साहेता बिटहरु राखेकोछ र त्यसरी हिंसामा परेका महिलाहरुले प्रहरी बिटहरुबाट साहेता लिन पनि आग्रह गर्नु भयो ।
कार्याक्रममा रेखा दतले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने सो कार्याक्रमका अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बिराटनगरका कार्यालय प्रमुख झंकर बहादुर रावलले आफना भनाईहरु राख्दै,पूर्वका ९ जिल्लाहरुबाट महिला प्रहरी सेलका प्रहरी,मानव अधिकार कर्मी,संन्चार कर्मी,समेत उपस्थित सबैलाई धन्यवाद दिदै सभा बिसर्जन गर्नुभएको थियो ।
दोस्रो सत्रमा ४ कार्यपत्रहरु पेस हुने र ति कार्यपत्रहरुको सरोज अधिकारी, दुर्गा बराल,मन्जिता उपाध्याय,र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बिराटनगरका कार्यालय प्रमुख झंकर बहादुर रावल,समेतले सहजिकरण गर्नु हुने भएकोछ ।
Post a Comment