Websoft University

गाउँपालिका बनाउँन कस्सिए केराबारीबासी

किशन शाही । 



मोरंग, (केराबारी), श्रावन १८ गते।  जनतालाई छिटो र सहज रुपमा सेवा प्रदान गर्न आयोगले स्थानीय निकायको पुर्नसंरचना कार्यलाई अघि वढाएपनि भौगोलिक विकटता र जनसंख्यालाई ख्याल गरेर गाउँपालिकाको सुगमतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

सहभागीले नगरपालिका र गाउँपालिका संरचना मिलाउँदा वैज्ञानिक रुपमा अध्ययन बिना नै गरिएको बताउँदै जनसंख्यालाई मात्र आधार मानेर पुर्नसंरचना गर्दा सिङ्गो गाविसको पहिचान मेटिने सम्भावना रहेकोले यसलाई जोगाउँन ख्याल गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।

आइतवार उत्तरी मोरङको ५ गाविसलाई समेटेर गाउ पालिका बनाउने विषयमा भएको प्रारम्भिक छलफलका क्रममा सहभागिहरुले जनसंख्या भन्दा पनि स्थानिय पहिचान र सामाथ्र्यलाई ख्याल गर्नुपर्ने वताउदै सिंगो पहाडी गाविसलाई समेटेर एउटै केन्द्र बनाउन सके फलदायी हुने यांगशिला गाविसका सचिव प्रेमवहादुर कट्वालले वताउनुभयो ।

केराबारी गाविसको सभाहलमा भएको उत्तरी मोरङका ५ गाविसको प्रतिनीधिहरु सहित वसेको भेलाले उत्तरी मोरङका ५ गाविसलाई मिलाएर गाउँ पालिकामा जाने बारे प्रारम्भिक छलफलको प्रक्रिया अघि बढाएका थिए । छलफलमा सहभागि अधिकांसले केरावारी, पाटी ,भोगटेनीको आधाभाग र सिंहदेवी, यांगशिला र केरावारीलाई मिलाएर जान सकिने धारणा राखेका छन् । स्थानीय तहको पुनर्रसंरचना गर्दा भूगोल, जनसंख्या र बर्गलाई मुख्य प्राथमिकता दिनुपर्ने मापदण्ड भएपनि त्यसभन्दा माथि उठेर सामथ्र्य र पहिचानलाई विशेष जोड दिनुपर्नेमा सहभागिहरुको सुझाव थियो ।

सिंहदेवी गाविसका प्रतिनीधि प्रेम लिम्बुले सिंगो उत्तरी मोरङलाई एक बनाएर गाउँपालिका बनाउन तयार रहेपनि प्राविधिक कुराहरुलाई समेट्नुपर्ने बताउनुभयो । २ हजार ४ सय ७८ जनसख्या रहेको सिंहदेवी भूगोलका आधारमा ठूलो क्षेत्र मानिएपनि यसलाई समेट्न दुई ओटा वडा अवाश्यक पर्ने लिम्बुको तर्क थियो । त्यसतै यस अघि नै लेटाङसंग गाभिएको भोगटेनी गाविसले पनि सेवा क्षेत्रको हिसावले केरावारी नै उचित भएको भन्दै भोगटेनीको १देखि ५ नम्बर वडालाई केरावारीमा गाभ्न सके राम्रो हुने सुझाव दिएका छन् । भोगटेनीको १ देखि ५ सम्म करीव २१ सय जति जनसंख्या रहेको छ । ६ हजार ४सय ७२ जनसंख्या रहेको यांगशिला गाविस पनि केन्द्रको रुपमा केरावारीलाई बनाएर मर्ज हुन तयार रहेको प्रतिक्रिया दिएका छन् । २ हजार १ सय ८३ जनसंख्या रहेको पाटी गाविस पनि केरावारीमा समायोजन हुन इच्छुक रहेको पाइएको छ ।

तराईका राजमार्गसंग जोडिएका सुन्दरदुलारी,कोशी हरैंचा र बेलवारी यस अघि नै नगरपालिका घोषणा भएपनि ति नगरपालिका कायम राख्न पुरानो जनसंख्याको आधारमा ७५हजार जनसंख्या पुर्याउन गाह्रो हुने देखिन्छ । यसका लागि ति नगरपालिकाहरुले साविक नगरपालिका कायम गर्न सम्भावित छिमेकी गाविसलाई मिलाउनुपर्ने बाध्यता छ । यसका विकल्पका रुपमा सुन्दर दुलारीले यांगशिला र केरावारीको ६,७,८ वडालाई समेट्न सक्छ । तर चारकोसे जंगलदेखि १२ किलोमिटर दक्षिणतर्फ सेवाक्षेत्रको रुप्मा अव्यवहारीक हुने देखिन्छ ।

त्यसतै कोशी हरैचाले पनि केरावारीको १,२,३,४,५ वडालाई कायम गर्न सक्छ तर बजार क्षेत्रका जनताहरु अहिले नै कोशी हरैचामा गाभिनेवारेमा अनिच्छुक रहेको पाइन्छ । यता बेलवारीले केरावारीको वडा नम्बर ९ लाई समायोजन गर्ने सम्भावना पनि उतिकै छ ।

भूगोल र सेवाक्षेत्रका आधारमा सुन्दर दुलारी र कोशीहरैचाले केराबारीको केही वडालाई समेट्नु भन्दा दुवै नगरपालिका एउटै वन्न सके उपमहानगरपालिकाको रुपमा पछिको लागि सम्भावना राम्रो रहेको प्राज्ञिक व्यतिmत्व खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलियाले बताउनुभयो ।

केरावारीको विभिन्न वडालाई टुक्रयाएर राजमार्ग आसपासका गाविसमा गाभिदा केरावारीको पहिचान गुम्ने र सेवा सुविधाका रुपमा पनि अव्यवहारीक हुने भन्दै समग्र ५ गाविसको पहिचान नमेटिने गरी गाउँ पालिका बनाउन सके हरेक पक्षमा भविश्यमा सक्षम नगरपालिका बन्न सक्ने सम्भावना रहेको थपलियाले वताउनुभयो ।

पुर्वमा लेटाङ,पश्चिममा धरान सुनसरी, उत्तरमा धनकुटा र दक्षिणमा बेलवारी ,कोशी हरैचा ,सुन्दरदुलारी नगरपालिकाको बिचमा पर्ने सुगम जिल्लाको दुर्गम गाविसको रुपमा परिचित चुरे पहाड र केही तराईका भागहरु सम्मिलित पाँच गाविसलाई मिलाएर गाँउ पालिकामा जान सक्ने सम्भावनाका वापजुत सिहदेवीको जेफाले भ्यु टावर ,पाटी गाउँको ध्वजे डाँडा,महादेवा पार्वती गुफा,यांगशिलाको सप्तकन्या गुफा लगायतको पर्यटन क्षेत्रको प्रबल सम्भावना देखिन्छ भने यस क्षेत्रको जैविक विविधता ,सातपत्रे जंगल सिमसार,खनिज तथा प्राकृतिक श्रोत साधन शैक्षिक पूर्वाधार, संचारसेवा, विकास निर्माण , सामुदायिक वन तथा अन्य सम्भावित खानिहरुको सम्भावना राम्रो पाइन्छ ।

नयाँ पुर्नंसंरचना अनुसार निर्माण गरिने गाँउ पालिका र नगरपालिकाको अधिकार बरावरी हुने बताइएको छ । दुवैले आफनो तहमा आवश्यक कानुन निर्माण गर्न पाउने छन् ।मौलिक हकको संरक्षण गर्नुपर्ने छ । नया बन्ने गाउँ पालिका र नगरपालिका अधिकारले शतिm सम्पन्न हुने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.